बेलबारी । बेलबारी नगरपालिकाले जेठ दोस्रो साता किसानहरुलाई बितरण गरेको बाख्रा धमाधम मर्न थालेका छन । शनिबार साँझ ५ बजे बेलबारी नगरपालिका वडा नम्बर ३ का कृषक लिलाप्रसाद आचार्यको आचार्य कृषि फार्ममा रहेको एउटा बाख्रा मरेको कृषक आचार्यले जानकारी दिए । बिरामी भएको आधा घण्टामा नै बाख्रा मरेको उनले बताए । बाख्रा मरेको बिषयमा उनले बेलबारी नगरपालिका कृषि शाखामा जानकारी गराएको बताए ।
यसअघि बेलबारी वडा नम्बर ८ मा बितरण गरिएका एउटा बाख्रा समेत बिरामी परेपछि किसानले काटेर खाएका थिए । बेलबारी नगरपालिकाले बोयर जातका बाख्रा अष्ट्रेलियाबाट चार्टर गरी ल्याएर किसानलाई बितरण गरेको जनाउँदै आएको थियो । बाख्रा अष्ट्रेलियाबाट ल्याएको नभई नवलपरासी लगायतका जिल्लाबाट ल्याएर बितरण गरेको सार्बजनिक भएपछि बेलबारी नगरपालिकाले छानबिन समिति बनाएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेलबारीका सचेत युवाहरुले मुद्धा समेत हालेका छन ।

तपाईको प्रतिक्रिया