बेलबारी । बेलबारी बाख्रा काण्डको सत्यतथ्य छानबिनका लागि नगरपालिकाले बनाएको छानबिन समिति नवलपरासी पुगेको छ ।
४ दिनअघि नवलपरासी पुगेको समिति आईतबार बेलबारी फर्किने तयारीमा रहेको छ । यसबिचमा गलत सुचना प्रवाह गर्ने कर्मचारी, बाख्रा सप्लाई गर्ने केशर एग्रो फर्मका सञ्चालक,कर्मचारी,स्थानीय बासिन्दा लगायत बाख्रा सप्लाईमा मुछिएका बिभिन्न ब्यत्तिहरु सँग भेट र कुराकानी पछि टोली फर्किन लागेको छानबिन समितिका सदस्य तथा प्रबत्ता राजेन्द्र अधिकारीले जानकारी दिएका छन ।
उनले छानबिनका क्रममा त्याँहाको नगरपालिकाका कर्मचारीले झुटो विवरण दिएको,बाख्रा केशर एग्रो फर्मबाटै बिक्री भएको लगायतका कुराहरुको पुष्टि भएपछि आफुहरु फर्किन लागेको अधिकारीले जानकारी दिए ।
जेठ दोस्रो साता बेलबारी नगरपालिकाले अष्ट्रेलियाबाट चार्टर गरी ल्याईएको फुल ब्लड बोयर जातका बाख्रा भन्दै बेलबारीका किसानहरुलाई बतिरण गरेको थियो सोही क्रममा किसानहरुले आफुले पाएको बाख्रा बोयर जातको नभएको भन्दै गुनासो गरेपछि सो समाचार मिडियामा आएको थियो ।

तपाईको प्रतिक्रिया