ब्यवहारिक र गुणस्तरीय शिक्षा नै आजको आवश्यकता हो

-झमक जमरकट्टेल (प्रिन्सिपल,आर्दश सेकण्डरी ई.स्कुल बेलबारी )

झमक जमरकट्टेल बेलबारीको शिक्षा क्षेत्रमा एउटा परिचित नाम हो । बिस. २०३९ साल पौष ९ गते मोरङ जिल्लाको बेलबारी नगरपालिका वडा नम्बर ३ मा मातापिता टंकप्रसाद र कृष्णकला जमरकट्टेलको ५ सन्तान मध्ये कान्छो सन्तानका रुपमा जन्मिएका उनले स्थानीय भगवती उच्च माविवाट २०५७ सालमा प्रबेशिका परिक्षा उर्तिण गरेका हुन ।
सुनसरीको ईटहरििस्थत गोदावरी उच्च माविवाट १२ कक्षा,विश्व आर्दश कलेजबाट बिबिएस र किर्तिपुर विश्वबिद्यालयबाट एमबिएस उर्तिण गरेका उनले सुकुना बहुमुखी क्याम्पस,कसेनी उच्च मावि,बेलबारी बहुमुखी क्याम्पस,काठमाण्डौको कस्मिक ईन्टरनेशनल कलेज लगायतमा अध्यापन गराएको अनुभव समेत बटुलेका छन । बेलबारी बहुमुखी क्याम्पसमा ८ बर्ष म्यानजमेण्ट बिषयको प्रमुख,गोल्डेन गेट ईन्टरनेसनल कलेज काठमाण्डौमा ३ बर्ष शैक्षिक कोअर्डिनेटर,न्युटन ईन्टरनेसनल कलेज काठमाण्डौमा ३ बर्ष प्राध्यापन गरेको उनीसँग अनुभव रहेको छ ।
उनले बिबिएस दोस्रो बर्षको (हयुमन रिसोर्स म्यानेजमेण्ट) पुस्तक समेत लेखेका छन । अफिस म्यानेजमेण्ट,बिजनेस स्टडी,प्रोजेक्ट म्यानेजमेण्ट,हयुमन रिसोर्स म्यानेजमेण्ट,प्रिन्सिपल अफ म्यानेजमेण्ट,अकाण्ट स्टाटिक्स,मार्केटिङ लगायतका बिषयमा उनी बिशेष दख्खल राख्छन । बेलबारीको चर्चित एम्बिसन एकेडेमी सञ्चालन गरेर हजारौँ बिद्यार्थीहरुलाई टयुसन कक्षा मार्फत सुनौलो जीवन प्रदान गरेका उनी बेलबारीका बौद्धिक तथा प्राज्ञिक ब्यत्तिका रुपमा समेत परिचित छन । हाल मोरङको बेलबारी १ मा रहेको आर्दश सेकेण्डरी ईङिलस स्कुलको प्रिन्सिपलका रुपमा कार्यरत रहेका उनी शिक्षणका अलावा कलाकारितामा समेत अब्बल रहेका छन । उनीसँग समसामयिक बिषययमा गरिएको कुराकानीको सम्पादित अंश ः

आज तपाई जहाँ हुनुहुन्छ,यहाँसम्म आउनका लागि के कुराले मद्धत गर्यो जस्तो लाग्छ ?
म आज जहाँ छु । निरन्तर मेहनत,र कठिन मोडमा समेत कहिल्यै हार मानिँन,निरन्तर संघर्ष गरिरहेँ । त्यसैले म यहाँ छु,जस्तो लाग्छ ।

कस्तो शिक्षण शैलीले बिद्यार्थीहरु आकर्षित हुँदा रहेछन ?
हरेक शिर्षकहरुमा ब्यबहारिक उदाहरण सहित बिद्यार्थीहरुलाई बुझाउन सकियो भने बिद्यार्थीहरुले बुझछन जस्तो लाग्छ ।

काठमाण्डौ पुगेर फेरि बेलबारी फर्किनुको कारण ?
म आफनो क्षमता अभिबृद्धिका लागि केही समय काठमाण्डौ गएको थिँए । मेरो आफनो जन्मस्थान नै बेलबारी हो । मैले मेरो गाँउका लागि नै केही गनुपर्छ भन्ने सोचका साथ फेरि गाँउ नै आएको हुँ ।

तपाई त कलाकारिता समेत गर्नुहुन्थ्यो नि ?
कलाकारिता मेरो बाल्यकालदेखिको सपना थियो । आफनो सपना पुरा गर्नका लागि म कलाकारिता गर्छु । मेरो मुल पेशा र उद्धेश्य शिक्षा क्षेत्रमा आमुल परिबर्तन हो । तसर्थ म कलाकारिता पार्ट टाईम गर्छु ।

केही चलचित्र र टेलिफिल्ममा पनि काम गर्नुभयो होईन ?
धेरै त गरिँन,मैले नालापानी नामको चलचित्र र अमिलो पिरो नामको भिडियो चलचित्रका काम गरेको छु ।

तपाईको अबको मुख्य ध्येय के हो ?
जीवनमा मैले धेरै किसिमको कामहरु गरेँ,समय अनुसार आफुलाई परिबर्तन गर्दै लानुपर्ने रहेछ भन्ने पाठ समेत सिकेको छु । जति धेरै कामको अनुभव त्यति धेरै जीवन सहज हुदोरहेछ । अबको मेरो ध्येय भनेको शिक्षा क्षेत्रमा नयाँ ढंगबाट शिक्षाको गुणस्तर उकास्ने नै हो । बिद्यार्थीहरुलाई स्थायी तथा सिपमुलक शिक्षा प्रदान गर्ने हो ।

आर्दश स्कुलको प्रिन्सिपल बन्नुभएको छ,के छन नयाँ योजनाहरु ?
म यो बिद्यालयमा स्थापना कालदेखि नै कार्यरत रहेको छु । दिगो शिक्षा बिकास तथा मानव जीवनमा शिक्षा एउटा यस्तो औजार हो,जो जुनसुकै बेला उपयोगी बन्छ । बिद्यार्थीहरुको क्षमता बृद्धि,दिगो सिकाई,पारिवारिक वाताबरणमा शिक्षा प्रदान,ब्यबहारिक शिक्षामा जोड दिँदै भविश्यमा उच्च शिक्षाको लागि अग्रसर बनाउने तरिकाले बिद्यार्थीहरुले सिकाउने प्रतिबद्धता गर्दछु ।

तपाईको प्रतिक्रिया