ईटहरी । सुनसरीको ईटहरीमा नेपालकै सबैभन्दा ठुलो भाटभटेनी सुपरमार्केट तयार भएको छ । ईटहरी चौकभन्दा ४ किलोमिटर पश्चिम लविपुरमा यहि भदौ १९ गतेदेखि सञ्चालनमा आउने सुपरमार्केट २ अर्बको लगानीमा तयार भएको सञ्चालक मिनबहादुर गुरुंगले जानकारी   दिए ।
३५ कठठा जमिनमा ६ महिना अघिदेखि सुपरमार्केटको काम थालिएको थियो । सुपरमार्केटमा ए,बी र सी गरी ३ वटा ब्लकहरु रहेका छन । ३ वटै ब्लकको क्षेत्रफल ३ लाख बर्गफिट रहेको छ । सबै ब्लकमा बेसमेण्ट सहित ७ वटा तल्लाहरु रहेका छन । ५ सयवटा गाडीहरु सहजै अटने पार्किंगको समेत ब्यबस्था रहेको छ । पहिलो तल्लामा किचेनवयर र बालबालिकाका खेलौनाका सामानहरु रहनेछन । सो तल्लामा ७ वटा काउण्टर रहने छ भने दोस्रो तल्लामा कपडा,जुत्ता लगायत रहनेछन । सो तल्लामा १० वटा काउण्टर रहने सञ्चालक गुरुंगले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया