बेलबारी । बेलबारी नगरपालिकाले किसानहरुलाई बोयर जातको भन्दै बितरण गरेको बाख्राहरु धमाधम मर्न थालेका छन । बेलबारी वडा नम्बर ८ मा एक किसानलाई उपलब्ध गारएको बाख्रा मरेको केही समयपछि बेलबारी ३ को आचार्य फर्ममा उपलब्ध गराएको बाख्रा समेत मरेको थियो । नगरपालिकाले समुत्थान कृषि सहकारी संस्थालाइ उपलब्ध गराएको बाख्रा मध्ये कृषक लेखनाथ ढकाल लाइए उपलब्ध गारएको बाख्रा समेत मरेको छ । यो सँगै नगरपालिकाले उपलब्ध गराएको ३ वटा बाख्रा मरिसकेका छन ।
बेलबारी नगरपालिकाले ३ महिनाअघि अष्ट्रेलियाबाट चार्टर गरी ल्याएर फुल ब्लडको बोयर जातको बाख्रा भन्दै झुक्याएर नबलपरासीबाट बाख्रा ल्याई किसानलाई बितरण गरेको थियो । किसान झुक्याउने नगरपालिका र त्यसका जिम्मेवार ब्यत्तिहरुबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीमा मुद्धा दर्ता भएको छ भने स्थानीय स्तरमा छानबिन समिति समेत गठन भएको छ ।

तपाईको प्रतिक्रिया