बेलबारी । बेलबारी नगरपालिका वडा नम्बर ७ का स्थानीय बासिन्दाले अनौठो तरिकाले सडकमा पोखरी बनाएर माछा मार्दै बिरोध प्रर्दशन गरेका छन ।
बेलबारी नगरपालिका वडा नं ७ , मा अवस्थिति (भाउन्ने- आम्तोला ) सडकमा पर्ने कदमचोकको मुख्य सडकमा यो खाल्डो विगत केही वर्षदेखि यथावत रहेको र दैनिक रुपमा सोही बाटो हुँदै जनप्रतिनिधिहरु ओहोरदोहोर गरेतापनि नजर आन्दाज नगरेको भन्दै स्थानीय बासिन्दाहरुले ध्यानाकर्षण गराउनका लागि बीच चोकमा रहेको सो भौडिमा माछा मारेर आधुनिक ढंगले आक्रोस समेत पोखेका छन् ।
्र वडाअध्यक्ष चेतराज बस्नेत साथै नगरप्रमुख मेयर ज्ञानेन्द्र सुवेदीले बारम्बार सो भौडी पुर्ने,सडक बनाउने झूटो आश्वासन दिएको तर काम भने नभएको भन्दै स्थानीयहरुले आक्रोश समेत पोखेका छन ।- नितेष वस्तीबाट

तपाईको प्रतिक्रिया