सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा डेढ घण्टाको अन्तरालमा मृत्यु भएका श्रीमान् श्रीमती स्थानीय लोहन्द्रा घाटमा दाहसंस्कार भएको    छ ।
सुन्दरहरैँचा १२ नं वडा खोर्सानेमा पत्नीको मृत्यु भएको १२ घण्टा पनि नबित्दै पतीको पनि मृत्यु भएको छ । आइतवार राती १० बजे ९४ वर्षीय श्रीमती पवित्रादेवी ओझाको मृत्यु भएको थियो । बिहान श्रीमतीको सद्गतिको लागि लासलाई चितामा चढाउँदै गर्दा ९६ वर्षीय खडानन्द ओझाको पनि मृत्यु भएको थियो ।
भोजपुर स्थायी ठेगाना भई हाल सुन्दरहरैँचा –१२ खोर्सानेमा बसोबास गर्दै आएका ओझा दम्पतीका चार छोरा र चार छोरी गरेर आठ जना सन्तान रहेका छन् । सोमवार डेढ घण्टाको अन्तरालमा दुवै जनाको लोहोन्द्रा घाटमा सदगती गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया