बेलबारी । नेपाल खेलकुद महासंघ मोरगं जिल्ला अन्तर्गतका पालिकाहरु मध्ये बेलबारी नगरपालिकामा भएको भेलाले बिक्रम तामाङको संयोजकत्वमा ६५ सदस्यीय नेपाल खेलकुद महासंघ बेलबारी नगर कमिटी गठन गरेको छ ।
मंगलबार बेलबारी १ स्थित मदनमोहन आश्रित पुष्परत्न साँस्कृतिक भवनमा भएको भेलाले उपाध्यक्षमा रुबिना बाँस्तोला,सचिवमा रिना बस्नेत,सहसचिबमा सन्तोष पिठाकोटे मगर र कोषाध्यक्षमा चित्रबहादुर बस्नेतलाई चयन गरेको छ ।
कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत ,नेकपा एमाले बेलबारी अध्यक्ष तथा राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष रबिन थापा,महासंघका स्थायी कमिटी सदस्य एवं प्रदेश संयोजक रोहित कोइराला, महासंघ जिल्ला संयोजक सूरज श्रेष्ठ लगायतले बोलेका थिए । महासंघ केन्द्रीय सदस्य सितल रायले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

तपाईको प्रतिक्रिया