बेलबारी । मोरङको बेलबारी नगरपालिका १ मा रहेको सगरमाथा ईङिलस स्कुलमा यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा पढाई शुरु हुने भएको छ ।
बिद्यालयमा बुधबार बिहान आयोजित स्वागत तथा परिचय कार्यक्रममा बिद्यालयका प्रिन्सिपल ईरान राईले बिद्यालयमा यसै बर्षदेखि कक्षा ११ मा ब्यबस्थापन बिषयमा पठनपाठन शुरु गर्ने तयारीमा आफुहरु जुटेको जानकारी दिए । उनले कक्षा ११ मा बिद्यार्थीहरु धमाधम भर्ना भईरहेको समेत जनाए ।
बिद्यालयका निर्देशक लेखबहादुर धिमालको सभापतित्वमा भएको कार्यक्रममा कक्षा ११ मा नयाँ भर्ना भएका बिद्यार्थी,उनीहरुका अभिभावक,शिक्षक लगायतको सहभागिता रहेको थियो । बि.स २०५२ सालमा स्थापना भएको बिद्यालय बेलबारीको पुरानो बिद्यालयहरु मध्येमा पर्दछ । यो सँगै सगरमाथा बेलबारी वडा नम्बर १ मा कक्षा ११ को पढाई हुने पहिलो बिद्यालयको रुपमा स्थापित भएको छ ।

तपाईको प्रतिक्रिया