बेलबारी । मोरङको बेलबारी २ मा रहेको शिक्षा सन्देश ईङिलस स्कुलले पुबोत्तर मोरङमा नै पहिलोपटक कानुन बिषयमा कक्षा ११ मा पठनपाठन शुरु गरेको छ ।
यसअघि बेलबारीमै पहिलोपटक होटल म्यानेजमेण्टको पढाई शुरु गरेको सो बिद्यालयले कानुन बिषयमा समेत पढाई शुरु गरेको बिद्यालयका काउन्सिलर भुपाल बस्नेतले जानकारी दिए । बिहिबारबाट कानुन बिषयको पढाई समेत शुरु भएको छ । कानुन पढने बिद्यार्थीहरुको उत्साहजनका सहभागिता रहेको उनले बताए ।
होटल म्यानेजमेण्टमा समेत राम्रो नतिजा हासिल गरेको बिद्यालयमा यस क्षेत्रमै पहिलोपटक कानुन बिषयमा समेत पढाई शुरु गरेको र बिद्यार्थीहरुको रुचि समेत बढी देखिएको बस्नेतले बताए । उनका अनुसार सो बिद्यालयमा होटल म्यानेजमेण्ट र कानुनमा गरी डेढ सयबढी बिद्यार्थीहरु अहिलेसम्म भर्ना भईसकेका छन ।

तपाईको प्रतिक्रिया