बेलबारी । नेपाली काङ्ग्रेसको १४औं महाविधेशन प्रक्रिया शुक्रबारबाट विधिवत रुपमा सुरु भएको छ । महाधिबेशनमा सरकारी शिक्षकहरुलाइृ भने पदाधिकारी बन्न शिक्षा नियमावली बाधक बनेको छ ।
नियमावलीको दफा १८८ को उपदफा (छ) मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहको पाईएमा शिक्षक वा कर्मचारीलाई पदबाट हटाईने उल्लेख छ । कार्यकारिणी समिति भन्नाले राजनीतिक दलको बिधान बमोजिम गठित केन्द्रीयस्तर,प्रदेशस्तर,जिल्लास्तर वा स्थानीय स्तरका कार्यकारिणी समिति सम्झनुपर्ने उल्लेख छ । यसअघि सरकारी शिक्षक र सरकारी कर्मचारी समेत बिभिन्न समितिमा कार्यरत रहेका थिए । यस्तो छ,शिक्षा नियामावली ः

तपाईको प्रतिक्रिया