लक्ष्मीमार्ग । चौथो जातिय भेषभुषा फोटो प्रतियोगिता २०७८ को उपाधि कोयुमाले जित्न सफल भएकी छिन । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा स्थायी बसोबास भएका र अध्यायन तथा बैदेशिक रोजगारीका क्रममा बिभिन्न देशमा पुगेका र त्यहि बसोबास गरिरहेकाहरुद्धारा सञ्चालित आईलभ एलएक्स ग्रुप ( I ❤ LX ) द्धारा आयोजित प्रतियोगितामा कोयुमाले उपाधि जितेकी हुन ।
प्रतियोगितामा हुङबुङमे ईशा दोस्रो,मिना लिम्बु तेस्रो र जमुना लामा चौथो भएका छन । उनीहरुलाई ग्रुपमा प्काशित फोटोमा प्राप्त लाईक र कमेन्टका आधारमा बिजेता घोषित गरिएको हो । जातिय पहिरन,संस्कृति र परम्पराको जगेर्ना गर्ने ध्येयका साथ यो कार्यक्रम आयोजना गर्दै आएको ग्रुपका एडमिन सिपी राई बताउँछन ।

तपाईको प्रतिक्रिया