बेलबारी । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बेलबारीका पत्रकार र राजनीतिक दलका प्रतिनिधिलाई नराम्ररी झुक्याएका छन ।
आईतबार दिउँसो २ बजे बेलबारी बाख्रा काण्डका बिषयमा गठित छानबिन समितिले १५ दिनअघि बुझाएको प्रतिबेदन सार्बजनिक गर्ने भन्दै पत्रकार र राजनीतिक दलका प्रतिनिधिहरुलाई बोलाईएको थियो । २ बजे बोलाएर ४.३० सम्म बाहिर पर्खाएर अन्तिममा मेयरले समय अपुग भएको भन्दै अन्यथा नबुझनुहोला भन्दै उनीहरुलाई फर्काएका थिए ।
छानिबन समितिका सदस्यहरु,राजनीतिक दलका प्रतिनिधि र बेलबारीका पत्रकारहरु २.घण्टा ३० मिनेट पर्खिएर निराश हुँदै फर्किएका थिए । बेलबारी बाख्रा काण्डको छानबिन समितिले १५ दिनअघि प्रतिबेदन मेयर सुवेदीले बुझाएको थियो । सोही प्रतिबेदन सार्बजनिक गर्ने भन्दै उनले पत्रकार र दलका प्रतिनिधि बोलाएका थिए ।

तपाईको प्रतिक्रिया