सुन्दरहरैचा । नेपाली काङग्रेसको १४ औं अधिबेसनका बिषयलाई लिएर मोरङको सुन्दरहरैचा ११ मा दुई समुह बिच कुर्सी हानाहान भएको   छ । वडा नं ११ का वडा सभापती माधव लुइटेल माथी अर्को खेमाका कार्यकर्ताले प्लाष्टिकको कुर्सी प्रहार गरेका छन ।
क्रियाशिल सदस्यका बिषयमा भएको विवाद समाधान गर्न बसेको भेलामा नवराज बजगाईले वडा सभापति लुइटेल माथि कुर्सी प्रहार गरेका हुन । सो वडामा वडा सभापतिको हस्ताक्षरमा ६८ वटा फारम केन्द्रमा पठाएको तर जिल्लाबाट थप अरु क्रियाशिल थप गरि पठाएपछि सो वडामा विबाद सुरु भएको थियो ।
शनिवार भएको क्रियाशिल सदस्यको भेलामा वडासभापतिले ६८ वटा फारममा मात्र आफुले हस्ताक्षर गरेको जानकारी क्रियाशिल सदस्यहरुलाई गराएका थिए । तर जिल्लाबाट १४८ कृयासील सदस्य पठाएपछि बिवाद शुरु भएको स्थानीय कार्यकर्ता बताउँछन । सुन्दरहरैचा नगरपालिकाको ११, १२ र ९ नं वडामा कृयाशिल सदस्य वितरणमा विवाद आएको छ ।

तपाईको प्रतिक्रिया