सुन्दरहरैचा । नेपाली काङग्रेसको १४ औं अधिबेसन चलिरहँदा क्रियाशिल सदस्यको बिषयलाई लिएर मोरङको सुन्दरहरैचा ११ मा दुई समुह बिच कुर्सी हानाहान भएको छ ।
वडा नं ११ का वडा सभापती माधव लुइटेल बोलिरहेका बेला माथी अर्को खेमाका कार्यकर्ताले प्लाष्टिकको कुर्सी प्रहार गरेका छन । क्रियाशिल सदस्यका बिषयमा भएको विवाद समाधान गर्न बसेको भेलामा शंकर बजगाँईले बोतल र नवराज बजगाईले वडा सभापति लुइटेल माथि कुर्सी प्रहार गरेका हुन । सो वडामा वडा सभापतिको हस्ताक्षरमा ६८ वटा फारम केन्द्रमा पठाएको तर जिल्लाबाट थप अरु क्रियाशिल थप गरि पठाएपछि सो वडामा विबाद सुरु भएको थियो ।
शनिवार भएको क्रियाशिल सदस्यको भेलामा वडासभापतिले ६८ वटा फारममा मात्र आफुले हस्ताक्षर गरेको जानकारी क्रियाशिल सदस्यहरुलाई गराएका थिए । तर जिल्लाबाट १४८ कृयासील सदस्य पठाएपछि बिवाद शुरु भएको स्थानीय कार्यकर्ता बताउँछन । सुन्दरहरैचा नगरपालिकाको ११, १२ र ९ नं वडामा कृयाशिल सदस्य वितरणमा विवाद आएको छ । सोही भेलामा बिवाद भएपछि छुटयाउन गएका नेपाल बिद्यार्थी संघ क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति होमनाथ पोख्रेलमाथि समेत आक्रमण भएको छ । पोख्रेलले जीवन बजगाँईले आफनो कठालो समातेर दुब्र्यबहार गरेको बताए ।
उता सुन्दरहरैचा नगरपालिका मेयर शिवप्रसाद ढकाल भने सबै आरोप झुठो भएको बताउँछन । वडा सभापतिले हस्ताक्षर गरेर पठाएको क्रियाशिल सदस्य बाहेक अर्को समुहले किर्ते हस्ताक्षर गरी क्रियाशिल सदस्यको सिफारिस गरेपछि त्यसको आफुले बिरोध गर्दै आएको र अर्को समुहले आफनो कमजोरी देखिएपछि वडा सभापतिमाथि आक्रमण गरेको बताए । वडासभापति माधव लुँईटेलले भने वडा भेलामा साान्य असन्तुष्टि भएको र अग्रजहरुको सल्लाहमा सो विवाद साम्य भएको र आफु विवाद र फण्डा गर्ने पक्षमा नरहेको बताए ।

तपाईको प्रतिक्रिया