बेलबारी । बेलबारी नगरपालिकाले बोयर बोका÷बाख्रा छानबिन समितिले बुझाएको प्रतिबेदन लुकाएर प्रतिबेदनको सारांश भन्दै ५ पृष्ठको प्रतिबेदन सार्बजनिक गरेपछि छानबिन समितिका सदस्यहरुले प्रतिबेदन सार्बजनिक कार्यक्रम नै बहिष्कार गरेका छन ।
सोमबार नगरपालिकामा छानबिन समितिका संयोजक बेलबारी नगरकार्यपालिका सदस्य तथा वडा नम्बर १ की सदस्य बिन्दुकला गुरुङले प्रतिबेदन बाचन गर्न शूरु गरेपछि छानबिन समितिका सदस्य तथा प्रबत्ता राजेन्द्र अधिकारी,सदस्य किशोर भण्डारी,केशव थापामगर कार्यक्रम बहिष्कार गर्दै बाहिर निस्किएका थिए । उनीहरुले छानबिन समितिले बुझाएको प्रतिबेदन बाचन हुनुपर्ने माग राख्दै आएका थिए । सो प्रतिबेदन लुकाएर नगरपालिकाले प्रतिबेदनको सार भन्दै अर्को प्रतिबेदन बाचन गरेपछि उनीहरु बाहिरिएका थिए ।
उनीहरु बाहिरिएपनि संयोजक गुरुङले प्रतिबेदन सार्बजनिक गरिन । तर उनले सार्बजनिक गरेको प्रतिबेदन उनीहरुले बुझाएको नभई नगरपालिकाले तयार गरेको प्रतिबेदन थियो । सोही प्रतिबेदनमा बेलबारी नगरपालिकाले किसानहरुलाई बितरण गरेको बाख्रा फुल ब्लड बोयर जातको नभएको,नगरप्रमुख ज्ञानेन्द्र सुवेदी र प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहको कमीकमजोरी देखिएको,उनीहरुले आफनो भुमिका ननिभाएको,उपमेयर ढाकाकुमारी पराजुलीले आफनो जिम्मेवारी बहन नगरेको कर्मचारी संयन्त्र र प्रमुख प्रशासकीय अधिकृतको कार्यसम्पादन क्षमता राम्रो नभएको प्रतिबेदनमा उल्लेख छ ।
यसैगरी बाख्रा काण्डमा नगरप्रमुख सुवेदी,श्यामराज पाण्डे,सुदिप कुमार चौधरी,बिजय तामाङ जोडिएको र अमुक ब्यत्तिसँग मेयरको सम्बन्ध बढी देखिएको जनाईएको छ । नगरसभामा एकजना पनि जनप्रतिनिधिले बोयर बाख्राको बिषयमा प्रश्न नउठाउनु,आलोचना नगर्नु,चासो नराख्नुले जनप्रतिनिधि गम्भिर नभएको पनि उल्लेख गरिएको छ । यसैगरी प्रतिबेदनमा भ्रमपुर्ण जानकारी दिने कावासोती नगरपालिका पशु सेवा केन्द्र अग्र्यौलीका अधिकृत बुद्धिबहादुर देउजालाई बिभागीय कारबाही गर्न र बेलबारी पशु बिकास शाखाका शाखा प्रमुख बाबुराम बस्नेतलाई पदीय जिम्मेवारी प्रति सजग गराउन सुझाब दिईएको छ । बेलबारी नगरपालिकाका जनप्रतिनिधिहरु आफनो कर्तब्यप्रति सजग र सचेत नभएको नगरप्रमुखको सचिवालय तथा सुचना शाखाबाट प्रसार तथा प्रकाशन हुने सुचनाहरु प्रभावकारी नभएको र जनसमक्ष नपुगेको उल्लेख छ । साथै ठेकेदारहरुलाई मानहानीको मुद्धा चलाउन समेत नगरपालिकालाई छानबिन समितिले सुझाब दिएको छ ।
बाख्रा काण्डको छानबिन समितिको प्रतिबेदन सार्बजनिक कार्यक्रममा नेकपा माओबादीका पर्शुराम सुवेदी,जनता समाजवादीका तिलक राईले छानबिन समितिले दिएको प्रतिबेदन बाचन नहुनु दुःखद भएको बताए । उनीहरुले यसमा नगरपालिकाको नियतमा खोट देखिएको बताए । यसैबिच छानबिन समितिका सदस्यहरुले कानुनी प्रक्रिया पुरा गरेर सक्कली प्रतिबेदन नगरबासीहरु समक्ष सार्बजनिक गर्ने प्रतिबद्धता जनाएका छन । सक्क्ली प्रतिबेदन सार्बजनिक हुँदा आफनो पोल खुल्ने डरले प्रतिबेदन सार्बजनिक नगरेको र आफुहरु बच्ने हिसाबले सारांश बाचन गरेको उनीहरुको आरोप छ ।
बेलबारी नगरपालिकाले जेठ १५ गते बेलबारीका किसानहरुलाई अष्ट्रेलियाबाट चार्टर गरी ल्याईएको फुल ब्लड बोयर जातको बाख्रा भन्दै बितरण गरेपछि किसानहरुले नै सो बाख्रा बोयर नभई स्थानय जातको भएको बताएपछि सर्बत्र आलोचना शुरु भएको थियो । त्यसपछि नगरपालिको छानबिन समिति गठन गरेको थियो । सोही बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यलय ईटहरीमा मुद्धा समेत परेको छ । छानबिन समितिमा एमाले सहभागी भएको थिएन ।

भिडियो

https://www.facebook.com/325278870975962/videos/330126445469689

भिडियो

https://www.facebook.com/325278870975962/videos/2797956460495876

तपाईको प्रतिक्रिया