बेलबारी । कोभिड १९ का कारण सुस्ताएको बेलबारीको पर्यटन ब्यबसाय बिस्तारै जुर्मुराउन थालेको छ । लकडाउन हटेपछि बेलबारीको प्रमुख पर्यटकीय गनतब्यका रुपमा बिकास भएको ड्रिमल्याण्ड फनमा प्रदेश १ का बिभिन्न कलेजका बिद्यार्थीहरु प्रोफेसनल ओरेन्टेशनका लागि आउन थालेका छन ।
सोमबार सुनसरीको ईटहरीस्थित नमुना कलेजका ७० जनाभन्दा बढी बिद्यार्थीहरु ड्रिमल्याण्ड फनमा प्रोफेसनल ओरेन्टेशनमा सहभागी भएका थिए । बिद्यार्थीहरुलाई फनका सञ्चालक तथा पर्यटन ब्यबसायी बिजय सुवेदीले ओरेन्टेशन गराएका थिए । उनले होटल म्यानेजमेन्ट र पर्यटन लगायतका बिबिध बिषयमा बिद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा कलेजका हेड अफ डिर्पाटमेण्ट शालिकदत्त भटराई,संस्थापक सञ्चालक मुत्तिराज सुवेदीले बिद्यार्थीहरुका लागि यत्तिको उपयुत्त गनतब्य अन्त नभएको र बिषयबिज्ञबाट बिद्यार्थीहरुलाई अभिमुखकिरण गराउन पाउँदा आफुहरु सन्तुष्ट भएको बताए । बिद्यार्थीहरुका तर्फबाट प्रचण्ड पाण्डे,निश्चल थापाले बिषयबिज्ञ सँग सम्बन्धित बिषयमा छलफल र धेरै नयाँ कुरा सिक्न पाउँदा आफुहरु हर्षित भएको बताए ।
सो फनमा लकडाउन खुलेपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढेको र बिभिन्न प्रदेशहरुबाट स्कुल तथा कलेजका बिद्यार्थीहरु समेत आउन थालेको फनकी प्रबन्ध निर्देशक सुष्मा सुवेदी (आचार्य) ले बताईन ।

(भिडियो)

https://www.facebook.com/325278870975962/videos/915180969079533

तपाईको प्रतिक्रिया