बेलबारी । नेपाली काँग्रेसको १४ औँ महाधिबेशन चलिरहँदा मोरङ जिल्लामै पहिलोपटक बेलबारी ४ मा सर्बसम्मत नेतृत्व चयन गरिएको छ ।
सोमबार सम्पन्न भेलाले सर्बसम्मत नेतृत्व चयन गरेको हो । भेलाले ईन्द्रकुमार राईको सभापतित्वमा २७ सदस्यीय वडा समिति सर्बसम्मत चयन गरिएको छ । वडा उपसभापतिमा शेरबहादुर थापा,पुर्ण राई,सचिवमा मोहन पौडेल,नारायण मिश्र सहसचिबमा दुईन कुमार थापामगर,प्रदिप खवास लगायत रहेका छन ।
यसैगरी क्षेत्रीय प्रतिनिधिहरुमा खुल्लातर्फ डम्बर बस्नेत,खुल्ला महिलातर्फ ईन्दिरा कार्की,रामकाजी राई,डम्बर राई,राजेन्द्र अधिकारी,रामहरी कोईराला,शम्भु भटराई,दिनेश सुवेदी,आदिबासी जनजाति कोटाबाट क्षेत्रीय प्रतिनिधिमा चन्द्र लिम्बु (लुङगा) लगायत २५ जना रहेका छन ।
वडामा सर्बसम्मत नेतृत्वका लागि १७ भदौमा भएको आमभेलाले रामहरी कोईराला संयोजक र राजेन्द्र अधिकारीको सहसंयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलको अथक प्रयास र मेहनतपछि सर्बसम्मत नेतृत्व चयन गर्न सफल भएको सर्बसम्मत नेतृत्वका लागि पहल गरेका सहसंयोजक राजेन्द्र अधिकारीले बताए ।असअघि ३४ जना क्षेत्रमा,वडामा सभापतिमा ३,सचिबमा ४,नगर सदस्यमा ८ जनाको उम्मेदवारी परेकोमा ३ जनाको उम्मेदवारी परेकामा ३ जनालाई सर्बसम्मत गरिएको छ थियो ।

तपाईको प्रतिक्रिया