बेलबारी । यतिबेला देशभर नेपाली काँग्रेसको १४ औँ महाधिबेशन चलिरहेको छ । कतिपय जिल्लामा अधिबेशन सकिएको छ भने कतिपय जिल्लामा अधिबेशन हुने क्रममा छ । कतिपय जिल्लामा क्रियाशिल सदस्यताको बिवाद कायमै रहेको बेला मोरङ्गको बेलबारी ११ मा भने आजीवन काँग्रेसमा बिताएका एक बृद्धको क्रियाशिल काटिएको छ भने अर्कै पार्टीका एक युवाको क्रियाशिल सदस्यका रुपमा नाम आएको   छ ।
आजिवन काँग्रेसमा बिताएका बस्नेत थरका ७२ बर्षिय बृद्धको क्रियाशिल सदस्यताका लागि पटक पटक नाम समावेश गरिएपनि केन्द्रमा पठाउने बेलामा वडाबाटै वडासभापति लगायत केही स्थानीय नेताले ति बृद्धको नाम सिफारिश नगरिएको पाईएको छ । वडासभापति लगायत काँग्रेसका वडास्तरीय नेताहरुले ति बृद्धलाई पटक पटक पार्टीका कार्यक्रममा झण्डा बोकाएर लैजानुका साथै हरेक बैठक र कार्यक्रमहरुमा सहभागी गराउने गरेका थिए । आजीवन काँग्रेसको झण्डा बोकेर जीवन बिताएका ति बृद्धको क्रियाशिल सदस्यता नआएको थाह पाएपछि ति बृद्ध यतिबेला जिल परेका छन ।
तर अर्कै पार्टीमा आस्था राख्ने पौडेल थरका एक युवाको भने क्रियाशिल सदस्यका रुपमा नाम आएको छ । ति युवाले आफु अर्कै पार्टीको भएको र बिना जानकारी आफनो काँग्रेसको क्रियाशिल सदस्यका रुपमा नाम आएपछि आफुलाई यो बिषयले ठुलो घात भएको भन्दै स्थानीय नेताहरुलाई सदस्यता सच्याईदिन माग गरिरहेका छन ।

तपाईको प्रतिक्रिया