बेलबारी । प्रदेश १ का झापा,मोरङ,सुनसरी सहित बिभिन्न जिल्लाका आधा दर्जन बढी प्रमुख शहरहरुमा सामाजिक अभियन्ता खेम गौतम सहित सचेत युवा समुहको आयोजनामा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)  बिरुद्ध खबरदारी सभा भएको छ ।
बुधबार झापाको बिर्तामोड,बुधबारे,दमक,मोरङको उर्लाबारी,पथरी,गछिया,सुनसरीको ईटहरी लगायतका स्थानमा गौतम सहित सचेत युवा समुहले एमसीसी बिरुद्ध खबरदारी सभा गरेको हो । एमसीसी राष्ट्रघाती कदम भएको भन्दै एमसीसी बिरुद्ध चर्का नाराबाजी सहित खबरदारी सभा आयोजना गरिएको हो । राष्ट्रको हित बिपरित एमसीसी पास गर्ने सरकारले षडयन्त्र गरेको भन्दै कुनै हालतमा एमसीसी पास हुनु नहुने एमसिसी सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरिएको  गौतमले बताए ।

तपाईको प्रतिक्रिया