बेलबारी । मोरङको बेलबारी नगरपालिकाले किसानहरुलाई फुल ब्लड बोयर जातको भन्दै बितरण गरेको बाख्राका बिषयमा छानबिन गर्न बनेको समितिले बुझाएको प्रतिबेदन लुकाएर सारांश मात्र प्रतिबेदन सार्बजनिक भएपछि यतिबेला नगरबासी र राजनीतिक दलका प्रतिनिधिहरुले चरम असन्तुष्टि ब्यत्त गरिरहेका छन ।
बेलबारी नगरपालिकाले प्रतिबेदन लुकाएर सारांश भन्दै ५ पृष्ठको प्रतिबेदन सार्बजनिक गरेपछि नगरबासीहरु र स्थानीय दलका नेताहरुले नगरपालिका र मेयर ज्ञानेन्द्र्र सुवेदीको सो कार्यको तिब्र बिरोध गरेका छन । नेकपा माओबादकिा जिल्ला सदस्य तथा आदिबासी जनजाति महासंघ समन्वय परिषद बेलबारीका सचिब मनकुमार गुरुङले बेलबारी बाख्रा काण्ड बेलबारीको ईतिहासमा अहिलेसम्मको कलंक भएको प्रतिक्रिया दिएका छन । उनले छानबिन समितिले बुझाएको प्रतिबेदन शंषोधन गरी सार्बजनिक गर्नु गलत भएको भन्दै वास्तबिक प्रतिबेदन सार्बजनिक हुनुपर्ने माग गरे । उनले सो बिषयमा पार्टीमा समेत छलफल र बहस नभएको र आफुलाई पार्टीको धारणा थाह नभएको तर नगरपालिकाको यो काम भने गलत भएको बताए ।
दलका नेताहरुले जनताको राजनीति गनुृपर्ने भएपनि बेलबारीका नेताहरु ब्यत्तिगत सवार्थको राजनीतिमा लागेको आरोप लगाए । बेलबारीका नोतहरुको टाउको फरक भएपनि भुँडी एउटै भएको भन्दै गलत काम गर्ने जनप्रतिनिधिहरुलाई अब जनताले दण्डित गर्नुपर्ने बेला भएको बताए । जनप्रतिनिधिले लगाएको यो दाग मेटाउन अबको नेतृत्वलाई समेत सकस हुने उनले बताए । नेकपा एमाले बेलबारीका अध्यक्ष रबिन थापाले यो बिषयमा अहिले आफु नबोल्ने बताए । एमालेकै नेता प्रतापकुमार थापाले भने बेलबारी बाख्रा काण्ड जनप्रतिनिधिको रकम झवाम बनाउने नियतका प्रष्ट देखिएको बताए । किसानको उन्नति प्रगतिका लागि भनेर जनप्रतिनिधिहरुले आफनो उन्नति प्रगतिका लागि काम गरेको प्रष्ट देखिएको उनले बताए । यो अपराधको पराकाष्टा भएको हुनाले दोषीलाई कारबाही गरिनुपर्ने उनले बताए । बेलबारी बाख्रा काण्डका मतियारहरुलाई नगरबासीहरुले चिनिसकेको भन्दै उनीहरुलाई कारबाही आबश्यक भएको बताए । ठेकेदारले अदालतमा नगरपालिकालाई मुद्धा हालिसकेको अबस्थामा भोलि अदालतले बाख्राको भुत्तानी गर्दा नगरपालिकाले कुन शिर्षक बाट गर्छ ? भन्दै उनले प्रतिप्रश्न समेत गरेका छन । अब जनता आन्दोलित हुनुपर्ने बेला भएको भन्दै उनले करोडौ रकम झवाम पार्ने नियत बोकेका जनप्रतिनिधिबाट अरु आशा गर्नु बेकार रहेको बताए ।
नेपाली काँग्रेसका महासमिति सदस्य महेन्द्र सुवेदीले नगरपालिकाले चिटिङ गरेको भन्दै प्रतिबेदनको पुर्णपाठ सार्बजनिक हुनुपर्ने माग गरे । उनले यसरी प्रतिबेदन लुकाएर आशिंक प्रतिबेदन सार्बजनिक गर्नु गलत भएको बताए । जनता समाजवादी पार्टी बेलबारीका अध्यक्ष तिलक राईले प्रतिबेदन हुबहु सार्बजनिक हुनुपर्ने र जनताको माग सम्बोधन हुनुपर्ने बताएका छन । छानबिन समितिमा काँग्रेसका तर्फबाट राजेन्द्रबहादुर अधिकारी,माओबादीका तर्फबाट किशोर भण्डारी र जसपाबाट केशव थापामगर सदस्य रहेका थिए भने एमाले छानबिन समितिमा सहभागी भएको थिएन । छानबिन समितिले प्रतिबेदनमा मेयर ज्ञानेन्द्र सुवेदी,प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाह लगायत ५ जना शाखा अधिकृतहरुलाई बेलबारी बाख्रा काण्डमा दोषी ठहर गरेको छ । प्रतिबेदनमा उनीहरुले बोयर जातका बोका पाठी खरिदमा अनियमितता गर्ने नियत राखेको प्रतिबेदनमा उल्लेख छ । बेलबारी नगरपालिकाले १ करोड २४ लाख रुपैयामा अष्ट्रेलियन फुल ब्लड बोयर जातको बाख्रा चार्टर गरी ल्याएको भ्रम सिर्जना गरी नवलपरासीको केशर एग्रो फर्मबाट बाख्रा ल्याई किसानलाई बितरण गरेको थियो ।
नगरपालिकाले गत जेठ १५ गते बितरण गरेको बाख्रा बोयर जातको नभएको भन्दै किसानहरुले नै बिरोध गरेपछि असार पहिलो साता नगरपालिकाले कार्यपालिका सदस्य बिन्दुकला गुरुङको ४ सदस्यीय छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले २ महिनापछि भदौ दोस्रो साता प्रतिबेदन बुझाएको थियो । प्रतिबेदन बुझाएको १५ दिनपछि सोमबार नगरपालिकाले छानबिन समितिले बुझाएको प्रतिबेदन लुकाएर सारांश भन्दै ५ पृष्ठको प्रतिबेदन सार्बजनिक गरेको थियो ।

तपाईको प्रतिक्रिया