बेलबारी । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिबेशनमा बेलबारी नगरपालिका वडा नम्बर ११ लक्ष्मीमार्गको सभापतिमा लोकप्रिय युवा नेता बिक्रम राईले उम्मेदवारी घोषणा गरेका छन ।
हाल नेपाली काँग्रेस बेलबारी ११ का उपसभापति रहेका राईको उम्मेदवारी घोषणासँगै काँग्रेसका नेता कार्यकर्ताहरुमा उत्साह थपिएको छ । युवा नेतृत्व त्यसमाथि स्वच्छ छविका कारण राईको उम्मेदवारीले नयाँ उत्साह थपिएको काँग्रेसका कार्तकर्ताहरु बताउँछन ।
डाँगीहाट युथ क्लबको अध्यक्ष समेत रहेका राईको नेतृत्वमा ३ पटक सम्म बेलबारी ११ मा अन्तराष्ट्रिय स्तरको गोल्डकप आयोजना भईसकेको छ । बिपन्न बर्गका बालबालिकाको शिक्षाका लागि सहयोग लगायत आधा दर्जन बढी बिभिन्न संस्थाहरुमा रहेर कुशल नेतृत्व गरेका राईको उम्मेदवारीले युवा बर्गमा अझ उत्साह थपेको छ ।
पार्टीको सुदृढीकरण साथै सबैलाई समेटेर नेतृत्व गर्ने योजनाका साथ आफुले उम्मेदवारी दिएको र नेतृत्व गर्ने अबसर प्राप्त कसैको आशालाई निराशामा परिणत नगर्ने राईले बताए । सो वडामा १ सय ५० बढी क्रियाशिल कार्यकर्ता रहेका छन ।

तपाईको प्रतिक्रिया