बेलबारी । बेलबारीमा कोरोना संक्रमण दर घटन थालेपछि बेलबारीका पार्क र पर्यटकीय स्थलहरु खुल्न थालेका छन । ती स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल समेत बढन थालेको छ ।
बेलबारीको प्रमुख पर्यटकीय गनतब्यका रुपमा परिचित बेलबारी ४ मा रहेको बेतना सिमसार मंगलबारबाट खुल्ला गरिएको छ । सो क्षेत्रमा प्रबेश खुल्ला गरिएपछि आन्तरिक पर्यटकहरु बाक्लै आउन थालेका छन । यसैगरी बेलबारी २ मा रहेको रमिते पर्यटकीय क्षेत्र,बेलबारी ५ मा रहेको धनपालथान,बेलबारी १० मा रहेको सिर्जना पार्क लगायतका पर्यटकीय क्षेत्रमा समेत आन्तरिक पर्यटकहरु आउन थालेका छन ।
बेलबारी ३ मा रहेको ड्रिमल्याण्ड फन समेत सञ्चालनमा आएको छ । कोरोना कहरका कारण ठप्प झै भएको फनपार्कमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढेको र प्रदेश १ का बिभिन्न जिल्लाहरुबाट बिद्यार्थीहरु समेत आउन थालेको प्रबन्ध निर्देशक सुष्मा आचार्य (सुवेदी ) बताईन ।

तपाईको प्रतिक्रिया