बेलबारी । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग देखि सोाराभाग जोडने सडकको करिब १ किलोमिटर सडकमा परेको खाल्डाखुल्डीका कारण यात्रा गर्न जति असहज भएको छ,त्यति नै दुर्घटनाको जोखिम समेत बढेको छ ।
सो सडकका खाल्डाखुल्डी पुर्न र मर्मत सम्भारका लागि न त वडा कार्यलयका ध्यान पुगेको छ न त अन्य निकायको नै,सडक भत्किएर हैरानी खेपिरहेका स्थानीय र यात्रुहरुले थोरै भएपनि राहत महशुस गरेका छन ,सो सडकका खाल्डाखुल्डी स्थानीय लक्ष्मी सामुदायिक बन उपभोत्ता समुहले पुर्न थालेको छ ।
लक्ष्मीमार्ग चौकदेखि सुम्निमा चौकसम्म मात्र दर्जनौ अखाल्डाखुल्डी रहेका छन । ती खाल्डाखुल्डी मर्मत गर्ने कार्य धमाधम भईरहेको छ । समुहका अध्यक्ष सुजय गौतम सडकका खाल्डाखुल्डी पुर्ने कार्यमा कसैको ध्यान नगएपछि आफुहरुले सडक मर्मत गर्न थालेको बताउँछन । उनले सडक मर्मतका लागि करिब ५ लाख बराबरको काम गर्ने योजना रहेको बताउँछन । उनले सकेसम्म सडक धेरै मर्मत गर्ने योजना रहेको र अन्य सम्बन्धित पक्षले समेत सडक मर्मतमा ध्यान दिनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया