मोरङकोे बेलबारीबाट प्रकाशन आरम्भ भएको बेतना दैनिक आजबाट ९ औँ बर्षमा प्रवेश गर्न सफल भएको छ । सत्य,तथ्य र निष्पक्ष सुचना प्रवाह सँगै हाम्रो यो यात्रा अबिचलित रुपमा अघि बढिरहेको छ । समाजमा ब्याप्त बिसंगति र बेतिथि बिरुद्ध सदैव प्रतिपक्षीको भुमिकामा निरन्तर खबरदारी र आवाजविहिनहरुको आवाज बन्ने ध्येयका साथ ९ बर्षअघि हामीले हाम्रो यात्रा थालनी गरेका थियौँ ।
यो  यात्रामा आईपरेका हरेक जटिल मोडहरुमा अलिकति समेत बिचलित नभई हामी आफनो धर्म निर्वाह गरिरहेका छौँ । निरन्तर सुचना प्रवाहमा हामी समाहित भएका छौँ । छापा मात्र नभएर विश्वभरका पाठक,दर्शक र शुभचिन्तकहरुका लागि हामीले धधध।दभतबलबमबष्थि।अयm र दभतबलब मबष्लष्प फेसबुक पेज मार्फत सत्य,तथ्य र निष्पक्ष सुचना र जानकारीमुलक सामाग्रीहरु पस्किनै रहेका छौँ ।  बिषम परिस्थितिमा समेत हामीलाई साथ,सहयोग र हौसला प्रदान गर्नुहुने हाम्रा समस्त पाठक,दर्शक,लेखक,बिज्ञानपनदाता र शुभचिन्तकहरुप्रति हार्दिक नमन गर्दछौँ । यो साथ र सहयोग निरन्तरताको अपेक्षा समेत गर्दछौँ ।
लामो समय विश्वभर ब्याप्त कोरोना महामारी लगायत बिषम परिस्थितिका कारण अधिकांश छापा माध्यायम बन्द भईसकेका छन । रेडियो,टेलिभिजन,अनलाईन सबै सञ्चार माध्यायममा  आर्थिक मन्दीको असर छ । सञ्चालनमा रहेको सञ्चारमाध्यायम समेत धराशायी अबस्थामा रहेका छन । सञ्चारमाध्यायमहरुले यस्तो    बिषम परिस्थितिमा पनि कुनै न कुनै माध्यायमबाट सुचना प्रबाह गर्ने हिम्मत      बटुलिरहेका छन । यस बिषम परिस्थितिमा अझ जिम्मेवार भएर नागरकिलाई सुचना प्रबाह गर्न प्रतिबद्ध भएर लागिरहेका छौँ ।  मोफसलबाट दैनिक पत्रिका प्रकाशन गर्नु फलामको चिउरा चपाउनु भन्दा सहज पक्कै छैन । सुचना संकलन देखि सम्पादन र प्रकाशन हुदै बितरण सम्म गर्दा भोग्नुपर्ने पिडा र चुनौति कुनैपनि युद्धमा होमिएको सिपाहीको भन्दा कम छैन ।
त्यसै पनि ग्रामिण क्षेत्र त्यसमाथि आर्थिक कठिनाई   र त्यसबिचमा भोग्नुपर्ने समस्याहरु सधै चुनौतिका पहाड बनेर उभिँदा त्यो पहाड छिचोलेर सुनौलो बिहानी ल्याउने अभियानमा होमिएका अभियानकर्मीहरुका लागी त्यो पहाड छिचोल्न भोग्नुपर्ने पिडा प्रश्रव बेदनामा छटपटिएकी एउटा आमालाई भन्दा कम छैन  । यहि चुनौतिका पहाडहरु छिचोल्दै बेतना दैनिक आजबाट नवौँ बर्षमा पाईला टेकेको छ   । जतिबेला हामी यस क्षेत्रबाट पहिलोपटक दैनिक पत्रिका प्रकाशन गर्ने            जमर्को गर्दैथियौँ ।  त्यसबखत हिम्मत गर्नु नै ठुलो बिषय थियो  । पुर्वोत्तर  मोरङको       उर्लाबारी पश्चिम र सुनसरीको ईटहरी पुर्वको पहिलो र एकमात्र दैनिकका रुपमा     निरन्तर पत्रिका प्रकाशन गर्न र स्थापित हुन पक्कै पनि सहज थिएन । भएका केही साप्ताहिक पत्रिका समेत आर्थिक कठिनाई र कमजोर ब्यबस्थापनका कारण बन्द भईसकेका थिए ।  त्यही बिचमा हामीले दैनिक पत्रिका प्रकाशन गर्ने अटोठ गरेका     थियौ ।
जुन कार्यले आजबाट  नवौँ बर्ष प्रवेश गर्न सफल भएको छ । अनगिन्ती चुनौतीहरुका बिच अनेकौँ समस्यारु सँग पौठेजोरी खेल्दाखेल्दै कति चाँडै ८ बर्ष बितेछ,हामीले पत्तो नै पाएनौँ  ।  अदक्ष जनशत्ति,आर्थिक अभाव, बजारमा समयमै पत्रिका पुग्नुपर्ने बाध्यता र अन्य पत्रपत्रिका भन्दा भिन्न ग्रामिण भेगका ओझेलमा         परेको सुचनाहरु सँगै यहाँका समस्याहरु उजागार गनुपर्ने कर्तब्यबोध  हाम्रा लागी मुख्य चुनौतिका पर्खाल बनेर उभिएका थिए । तरपनि हामीले हार खाएनौँ ।  निरन्तर, निष्पक्ष र निडर भएर हामीले उठाएको जिम्मेवारी पुरा गर्नका लागी हामीले हरतरहले मेहनत गरि नै रहयौँ र गरिरहने छौँ ।  बर्षौदेखि स्थानीय सुचनाको भोकले तिर्खाएका पाठकरुका लागी स्थानीय सुचना सकेसम्म छिटो र सत्य तथ्य रुपमा प्रस्तुत गर्नका लागी हामीले रातदिन नभनी हरतरहले प्रयास गर्यौ ।
हामीले २०७२ सालको श्रावण १ गतेबाट  बिधिवत रुपमा बेतना दैनिकको प्रकाशन आरम्भ गरेका थियौँ ।  सुचना र प्रबिधिको रफ्तार सँगै फडको मार्ने क्रममा हामीले स्थानीय सुचनालाई पहिलो प्राथमिकतामा राखेर समाचार प्रबाह गर्ने कोशिष  गर्यौ  । राष्ट्रिय स्तरका सञ्चारमाध्यायमको आँखामा नपरेका सुचनाहरुलाई          प्रभाबकारी रुपमा हामीले जनताको माझमा पुर्याउने कोशिष गर्यौ । हरेक सुचनामा त्यस भित्रको संबेदनशिलतालाई समेत मध्यनजर गर्दै सत्य र तथ्य समाचारहरु जनताको घर आँगनमा पुर्याउने कुरामा हामीले कहिले कोहीसँग सम्झौता गरेनौँ ।
यो अबधिमा हामीले थोरै भएपनि पाठकको मनोभाबना बुझने मौका पायौँ  । यो नै हाम्रो लागी सबैभन्दा ठुलो सम्पत्ति हो ।  पाठकहरु के चहान्छन र उनीहरुको रुचि कुन प्रकारको छ,हामीले उहाँहरुको रुचि अनुसार चल्न सक्यौँ या सकेनौँ र आगामी दिनमा कसरी हामी अझै प्रभाबकारी रुपमा यस क्षेत्रको सुचनाको असली पहरेदारका रुपमा अगाडी बढनु पर्छ भनेर हामीलाई हाम्रा शुभचिन्तक र पाठकरुबाट पनि थुप्रै सुझाब र सल्लाहहरु प्राप्त भएका छन ।  यसले हामीलाई थप हौसला प्रदान गरेको छ  ।  एउटा बालक जन्मदैँमा परिपक्क बन्दैन, ऊ यस धर्तीमा आएपछि समयक्रम अनुसार हरेक कुराहरु सिक्दै जान्छ र समयक्रम सँगै परिपक्क बन्छ ,त्यसैगरी हामी    पनि भर्खर यो क्षेत्रमा बामे सर्ने प्रयास गर्दैछौ । हामी पनि सिक्दैछौँ,हामीले सिक्न अझ धेरै बाँकी छ  । यस बिचमा हामीबाट पनि थुप्रै गल्ति कमजोरीहरु पनि भएका           हुनसक्छन । ती कमिकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा थप परिष्कृत बन्दै अगाडी बढने हामी प्रण समेत गर्दछौँ ।
शुरुवाती दिनहरुमा पत्रिका प्रकाशन गर्नु हाम्रा लागी कम चुनौतिपुर्ण             थिएन  । यस भेगका जनताले कुनैपनि सुचनाका लागी अन्यत्रका सञ्चारमाध्यामका भर पर्नुपर्ने र सुचनाको पहुँचबाट सधैँ टाढा हुनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै यस भेगबाट बिगतमा प्रकाशन भएका केही सञ्चारमाध्यायमहरु बन्द भईसकेका र केही संकटपुर्ण अबस्थामा प्रकाशन प्रशारण भईरहेका उदाहरण हामी सँग हुँदाहुँदै पनि हामीले एउटा जोखिम मोल्ने निर्णयमा पुग्यौँ र यस दैनिकको प्रकाशन     आरम्भ भएका नेपालमा सधै ठुला र राष्ट्रिय स्तरका भनिएका       पत्रिकाहरु मात्र पढनुपर्ने बाध्यता र उनीहरुले मोफसललाई हेर्ने दृष्टिकोणबाट आर्जित बनेका पाठकहरु मोफसलका कुनैपनि घटनाहरुले समाचारका रुपमा त्यस्ता सञ्चारमाध्यायममा ठाँउ नपाउँदाको पिडा पाठकका लागी सधै अरुचिका बिषय बनिरहे पनि स्थानीयस्तरमा एउटा    भरपर्दो सञ्चार माध्यायमको बिकास नहुँदा साँच्चै पाठकलाई कति पिडा भएको थियो त्यो हामीले भित्री ह्दयदेखि नै मनन गरेका थियौँ । बेतना दैनिक प्रकाशन आरम्भ भएपछि मोफसलमा बस्ने पाठकहरुले थोरै भएपनि त्यो कुरामा      राहत महसुश गरेका हामीले ठानेका छौँ  । स्थानीयस्तरमा हुने गरेका घटना, परिघटना नै हाम्रो समाचारका मुख्य स्रोतहरु हुन ।  यिनै स्रोतहरुलाई उपयोग गर्दै हामीले पत्रिका प्रकाशन   आरम्भ गरेका थियौँ ।  त्यसैले यति छोटो समयमा हामी यस भेगका जनताको ढुकढुकी बन्न सफल भयौँ । हामी यस मानेमा औधी खुसी छौँ कि हामीले गरेका सानो गल्तिमा पनि हाम्रा सचेत पाठकहरुले हामीलाई सम्पर्क गर्नुहुन्छ अनि गल्ति देखाईदिनुहुन्छ ।  त्यसबाट पाठ सिक्दै हामी आगामी दिनमा कमजोरी नगर्ने र भएका कमीकमजोरीलाई सच्याउँदै अघि बढने प्रण गर्दैै अगाडी बढछौ।
पाठकहरुलाई सुचनाको पहुच पुर्याउने उद्धेश्यका साथ हामीले जुन काम थालनी गरेका थियौँ त्यसमा यस भेगका जनताको उल्लेखनिय साथ, सहयोग रहयो       त्यसकारण पनि हामीले ८  बर्षको यात्रा पार गरेका      छौँ । यो यात्रा हाम्रा लागी कम चुनौतिपुर्ण थिएन तरपनि हामीले हार मानेनौ, एकसाथ डटिरहयौँ त्यसैले हामी आज यहाँसम्म आईपुग्न सफल भएका छौँ  ।  स्थानीय स्तरमा भएका र हुनेगरेका बिभिन्न घटना र परिघटनालाई समेटदै ओझेलमा रहेका र   पारिएका बिभिन्न बिषयबस्तुलाई आवाजबिहिनहरुको आवाजका रुपमा हामीले सधै पत्रिकाका मार्फतबाट हाम्रा पाठक सामु पस्किने कोशिष गर्यौ । त्यसमा हामी केही हदसम्म सफल पनि भएको महशुस गरेका छौँ ।  सत्य कुरालाई निडरताका साथ हामीले पाठकसामु पुर्याउने कोशिष गर्यौ।  त्यसबिचमा हामीमाथि पटक पटक धम्की र हमलाको प्रयास पनि नभएको होईन ।  आफु अनुकुल नहुँदा पत्रिका जलाउने धम्की देखि आफनो अनुकुल नभए जे पनि गर्ने धम्की हाम्रा लागी सामान्य थिए । हामी समाज परिबर्तनको   नारा लिएर हिँडेका थियौँ ।  त्यस्ता धम्की हाम्रा लागी सामान्य भए ।  जति धम्की आउँथे त्यति नै हामी आफुमाथि जिम्मेवारी बढेको महशुस गर्दथ्यौ ।  त्यस्ता धम्कीले हामीलाई अझ मजबुत  बन्न  प्रेरित  गर्दथ्यो । यसको मतलब हामी सबैभन्दा सबल र सक्षम भन्ने होर्ईन तथापि गलत काम गर्नेका बिरुद्ध आवाज उठाउँदा हामीमाथी आक्रमणको प्रयास हुनु स्वभाबिक थियो । किनकी आफना कमीकमजोरी स्वीकार गर्न अहंकारले भरिएका ब्यत्तिहरुलाई निकै कठिन पर्छ ।
यसबिचमा हामीबाट पनि कमीकमजोरी भएका छन ।  हामीले पनि कमजोरी गरेका छौँ । काम गर्दा पक्कैपनि कमजोरी हुन्छ ।  कमजोरी हुन्छ भनेर काम नै नगर्नु कायरता हो । अरुको अस्तित्व स्वीकार गर्न नसक्ने र समाज परिबर्तनका लागी बाधक बन्नेहरु समाजमा नभएका होईनन ।  पत्रिका प्रकाशन गर्न सफल हुनुमात्र सबैथोक होईन ।  अब हाम्रा लागी यो पत्रिकालाई           निरन्तरता दिँदै थप परिष्कृत गर्दै लैजानु थप चुनौतिपुर्ण   छ ।  हामीले यस भेगका आवाजबिहिन हरुको आवाज बन्दै हाम्रो आगामी यात्रा तय गर्ने यस भेगका नागरिकको सुचनाको संबाहक बन्ने अभिभारा हामीमाथि छ ।
हामीले कुनै दल बिशेष,ब्यत्ति बिशेषको भजन गाएका छैनौँ । कुनै पार्टीको झण्डा मुनि बसेर भजन गाएका छैनौँ । त्यसैले हाम्रा पाठकले हामीलाई माया गर्नुभएको छ ,साथ दिनुभएको छ ।  यो साथ र भरोसालाई हामीले टुटायौँ भने हाम्रो पत्रकारिताको औचित्य रहन्न त्यसैले हामी यसरी नै हाम्रा पाठक र शुभचिन्तकको          भरोसालाई टुटन नदिने प्रण समेत गर्दछौ ।
  बिश्वभर छरिएर बस्नुभएका यस क्षेत्र र देशका अन्य भागका हाम्रा पाठकहरुले हामीलाई देखाउनुभएको माया, सदभाव र हौसलाले हामीलाई अघि बढन थप       प्रेरणा प्रदान गरिरहेको छ । हामी आगामी दिनमा प्रबिधिको समेत उपयोग गर्दै पत्रिकालाई थप बिस्तार गर्ने तयारीमा समेत जुटेका छौँ ।  शोषित,पिडित र आवाजबिहिनहरुका पक्षमा हाम्रो कलम सदासर्वदा चलिरहने छ । यस क्रममा हामीलाई  साथ दिएर अगाडी बढाउने पत्रिकाको प्रकाशन समुहका पदाधिकारीहरु, सम्पादन शाखा, बितरण शाखा, बिज्ञापन शाखाका सम्पुर्ण सहकर्मीहरु साथै पाठक, बिज्ञापनदाता, शुभचिन्तकहरु प्रति आभारी छौँ ।
आगामी दिनमा पनि यहाँहरुको साथ र सहयोगको अपेक्षा गर्दछौँ ।  हामी आगामी दिनमा निरन्तर आवाजबिहिनहरुको आवाज बन्दै ग्रामिण भेगका झुपडीहरुमा समेत सदैव आशाको दियोका रुपमा बलिरहने प्रण गर्दछौँ । हाम्रो यो अभियानमा साथ सहयोग गर्ने सम्पुर्ण महानुभावहरुप्रति यो साथ र सहयोग,हौसला र प्रेरणाका लागि हार्दिक नमन    गर्दछौँ ।  हाम्रो यात्रा ९ बर्ष मात्र नभएर कालान्तर सम्म जारी रहने छ । हामी हाम्रो आवाजलाई निरन्तर बुलन्द पारिरहने समेत प्रण गर्दछौँ ।   (सम्पादक । प्रकाशक)

तपाईको प्रतिक्रिया