मोरङ जिल्लाको पुर्वोत्तर क्षेत्रमा पर्ने बेलबारीको आफनै ईतिहास छ । राजमार्गको बिस्तार सँगै बजारको रुप लिएको बेलबारी अन्य क्षेत्रका मानिसहरु बसाँई सरेर आउने र बसोबास गर्ने क्रम बढेसँगै केहीबर्ष यता शहरीकरण हुँदै गएको छ ।शुरुमा सीम खेतको रुपमा परिचय बनाएको बेलबारी बिभिन्न सरकारी अड्डाहरुको स्थापना र बढदो बजारीकरण सँगै बिकासोन्मुख शहरको रुपमा अघि बढेको छ । बेलबारीमै पर्ने ऐतियहासिक धनपालगढी,बेतना सिमसार,पुरानो सोमबारे हटिया,मालपोत,नापी कार्यलय,बाणिज्य बेँक,ईलाका प्रहरी कार्यलय,बिद्युत प्राधिकरण लगायत अन्य सरकारी कार्यलय लगायत बिभिन्न कारणले बेलबारी अन्य क्षेत्रका बासिन्दाहरुको लागि केन्द्र बनेको हो भन्दा फरक नर्पला ।
बेलबारीमा बिशेषगरी धिमाल समुदाय (बेलबारी नगरपालिकाद्धारा २०७६ सालमा पहिलो जातिको रुपमा घोषण गरिएको ) को बसोबास रहेको क्षेत्र भएका कारण (बेले) नामका एकजना धिमालको नामबाट अपभ्रंष हुँदै बेलबारी भन्न थालिएको एकथरीको भनाई रहेको छ भने अर्काथरी बेलबारीमा बेल नामबाट पछि बेलबारी भन्न थालिएको समेत एकाथरी बताउँछन । एक डेढ दशक अघि सम्म पनि सीम खेतका रुपमा रहेको बेलबारी आजको बेलबारी सम्म आईपुग्दा एउटा बिकासोन्मुख शहरको रुपमा स्थापित भएको छ ।
आजको बेलबारी निर्माणका लागि सबैले आफनो क्षेत्रबाट महत्वपुर्ण योगदान गरेका छन । यो बेलबारी निर्माणका लागि शिक्षा,स्वास्थ्य,सञ्चार,यातायात,बिद्युत,खानेपानी लगायत बिकास निर्माणका अमुल्य अंग बाहेक राजनीति,साहित्य,कला लगायत बिबिध पाटोबाट सबैले योगदान गरेका छन । यदि ती सबै मानिसहरुले आफनो क्षेत्रमा अमुल्य योगदान नगरेका हुन त पक्कैपनि आजको बेलबारी सम्भव थिएन । त्यहि योगदान गर्नेमध्ये सञ्चार क्षेत्रको योगदान समेत महत्वपुर्ण मानिन्छ । सञ्चार क्षेत्रको बिकास,सम्र्बद्धन र प्रर्बद्धनमा समेत बेलबारीमा धेरै सञ्चारकर्ममा लागेका ब्यत्तिहरुको योगदान रहेको छ । बेलबारीमा बि.स २०६० सालपछि सञ्चार क्षेत्रको समेत तिब्र बिकास भएको पाईन्छ ।
२०६० सालअघि बेलबारीमा प्रकाशनका रुपमा ईरानराईको छावा त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन भएको ईतिहास पाईन्छ । केही समय प्रकाशन भएर बन्द भएको सो पत्रिका प्रकाशन नभएपनि ईरान राई भने साहित्य क्षेत्रमा निरन्तर संघर्षरत नै छन । उनी यतिबेला एउटा स्थापित साहित्यकारका रुपमा परिचित छन । २०५९ मा तत्कालीन डाँगीहाट गाबिस हाल बेलबारी ११ लक्ष्मीमार्गमा नरेन्द्र बस्नेत प्रधान सम्पादक भएर कन्दरा द्धैमासिक प्रकाशन भएको पाईन्छ । सोही समय बेलबारीमा पत्रकारिता गरेका प्रेम बाँस्तोला,सोमनाथ बाँस्तोला,अरुण बराल अहिले पनि पत्रकारितामा क्रियाशिल नै छन ।
उनीहरु बेलबारीमा नभएपनि उनीहरुले बेलबारीमा पत्रकारिता स्थापित गर्न योगदान गरेका छन । केदार दुलाल हाल सहकारी क्षेत्रमा छन । सोमनाथ खनाल रंगकर्ममा क्रियाशिल छन । भत्तसेर लिम्बु हाल पत्रकारितामा नै क्रियाशिल छन । तुलसी ओझा,प्रताप थापा,अरुण बराल,भत्तसेर लिम्बुको कोशी प्रबाह, अन्तराल मासिक लगायतका पत्रिकाहरु दर्ता भएर केही समय सञ्चालन भएको ईतिहास छ ।
बेलबारीमा २०६० सालदेखि भने पत्रकारिता क्षेत्र र पत्रकारहरु स्थापित भएको देखिन्छ । २०६१ मा बेलबारीमा साप्ताहिक पत्रिकाका रुपमा किटान साप्ताहिक दर्ता भएर प्रकाशन आरम्भ भयो । त्यसमा ईरान राई,भत्तसेर लिम्बु,अम्बिका भण्डारी,नरेन्द्र बस्नेत,भोजराज बस्नेत,प्रेम राई,प्रदिप राई, किरण राई,राम घिसिङ,मिलन राई लगायतका पत्रकारहरु जोडिए ।
त्यसपछि पत्रकारिताले बेलबारीमा बृहत रुप लिएको पाईन्छ । त्यसपछि २०६१ । ०६२ मा अम्बिका भण्डारी, नरेन्द्र बस्नेत, भोजराज बस्नेत लगायतको टिमले संयन्त्र साप्ताहिक दर्ता गरी प्रकाशन आरम्भ गर्यो । त्यो सँगै किटान साप्ताहिक बन्द भयो र संयन्त्र साप्ताहिक ८ बर्ष सञ्चालन भएर २०७० सालमा बन्द भयो । बि.स २०६९ माघ १० गते बेलबारीमा रेडियो बेतना ९७.१ मेगाहर्ज दर्ता भई प्रसारणमा आयो ।
दर्ताका लागि पहल गर्ने अम्बिका भण्डारी बैदेशिक रोजगारीमा गएपनि नरेन्द्र बस्नेत,भोजराज बस्नेत, राजकुमार लिम्बु लगायतको टिमले रेडियो स्थापना गर्यो जुन सञ्चालनमै रहेको छ । बि.स २०७२ सालमा यस क्षेत्रमै पहिलोपटक दैनिक पत्रिकाको रुपमा बेतना दैनिक प्रकाशन आरम्भ भयो । त्यसमा नरेन्द्र बस्नेत,राजकुमार लिम्बु लगायतको टिमले सो दैनिक सञ्चालन गरिरहेको छ । यस बिचमा भत्तसेर लिम्बु,अर्जुन राई, नारायण,राई,सन्दिप राई लगायतको टिमले फाईट साप्ताहिक सञ्चालन गरेको र सो पत्रिका बन्द भईसकेको अबस्थामा छ ।
बि.स २०७२ पछि बेलबारीमा डिजिटल मिडियाका रुपमा अनलाईन पोर्टलहरुको पनि उदय भएको पाईन्छ । सोही क्रममा अम्बिका भण्डारी,नरेन्द्र बस्नेत,बिकास कोईराला लगायतको टिमले शुरु गरेको संयन्त्र डटकम पहिलो अनलाईनमा रुपमा स्थापित छ । त्यसपछि भोजराज बस्नेत,दिनेश गिरी लगायतको निरन्तरखबर डटकम,खनेन्द्र राईको कोशी नेपाल,नारायण राईको थुम्से न्युज,केशव थापामगरको शताब्दी न्युज,भत्तसेर लिम्बुको उज्यालो प्रदेश डटकम,बेतना दैनिकको बेतना डेल्ली र २०७९ देखि निरज खवास,मदन खतिवडा लगायतको फटाफट न्यूज लगायतका अनलाईनहरु सञ्चालित रहेका छन ।
बेलबारीलाई कार्यक्षेत्र बनाएर अन्य मिडियामा केशु बिरही, ,बिवेक मिश्र,अनु निरौला,करुणा बस्नेत,अनिल बराल लगायतका पत्रकारहरु समेत क्रियाशिल रहेका छन । बेलबारीको बिकास सँगै सञ्चार माध्यायम र सञ्चारकर्मीहरुको संख्या बृद्धि भएपनि दक्ष जनशत्तिको अभाव अझैपनि खडकिएको छ । पत्रकारहरुको क्षमता अभिबृद्धि लगायतका कुनै कार्यक्रमहरु लागु गर्न सकिएको छैन । पत्रकारहरु अझैपनि समाजप्रति उत्तरदायी भएर पत्रकारिता गर्ने र यसैबाट जिबिकोपार्जन गर्ने अबस्था सिर्जना भएको छैन । घरीघरी पत्रकारको योग्यता र क्षमताको समेत प्रश्न उठने गरेका छन । यसतर्फ सञ्चार क्षेत्रको ध्यान जान सकेको छैन । यहि क्षेत्रका अग्रज ब्यत्तिहरु समेत यसअर्थमा चुकेको देखिन्छ । पत्रकारिताको मुल्य र मान्यता भन्दा पनि प्रचारमुखी पत्रकारितामा बढी जोड दिएको पाईन्छ । यी यावत समस्याहरुको बिचमा पनि बेलबारीको पत्रकारिता अघि बढिरहेको छ ।
एक दशक अघिसम्म पनि बेलबारीमा अन्यत्रका पत्रपत्रिकाहरुले रिपोर्टर मात्र राखेर पत्रिका बेच्ने सानो बजार बेलबारीले अहिले बृहत रुप लिईसकेको छ । थोरै भएपनि सञ्चारकर्मीहरुले स्थानीय मिडियाबाट पारिश्रमिक पाउने अबस्था चाँहि सिर्जना भएको छ । बेलबारीमा यतिबेला एक दैनिक पत्रिका,एक रेडियो स्टेशन र आधा दर्जन बढी अनलाईन पोर्टलहरु बेलबारीबाट सञ्चालित अबस्थामा छन । हिजोको बेलबारी फेरिएको छ । बेलबारीले नयाँ रुप ग्रहण गरिसकेको छ ।
बेलबारीको बिकास सँगै बेलबारीमा सञ्चारमाध्यायमहरुको समेत तिब्र बिकास भईसकेको छ । आगामी दिनमा समृद्ध बेलबारीको बिकास सँगै सञ्चारमाध्यायमहरुको स्तरोन्नित र बिकासमा समेत जोड दिनु आबश्यक छ । सञ्चार क्षेत्रको बिकासका लागि स्थानीय तहले समेत सहयोग गरिरहेको भएपनि सो सहयोग पर्याप्त छैन । तसर्थ थप सहयोग गरि सञ्चार माध्यायमको बिकासमा जोड दिनु आबश्यक देखिन्छ ।
स्थानीय तहले समेत बेलबारीको सञ्चालको बिकासका लागि खासै ध्यान दिएको छैन । सस्तो लोकप्रियताका लागि मिडियाको प्रयोग गर्ने तर मिडियाको स्त्तरोन्ति,स्थायित्वका लागि खासै पहल भएको पाईँदैन ।
सम्पादक,बेतना दैनिक