कोरोनाको संकटमा नोबेलले दशैं बोनस बापत कर्मचारीलाई बाँढ्यो १ करोड २६ लाख रकम

कोरोनाको संकटमा नोबेलले दशैं बोनस बापत कर्मचारीलाई बाँढ्यो १ करोड २६ लाख रकम
बिराटनगर । कोरोनाको महामारीका कारण लामो समयसम्म गरिएको लकडाउनले सबै क्षेत्रमा आर्थिक संकट निम्तिएको अवस्थामा नोबेल शिक्षण अस्पतालले कर्मचारीहरुलाई दशैं बोनस वापत १ करोड २६ लाख रकम वितरण गरेको छ । निजी क्षेत्रका धेरै रोजगारदाता संस्थाले कर्मचारीलाई कामबाट हटाउँने, बेतलबी राख्ने, आंसिक काममा लगाउँने, काम गर्नेलाई पनि न्यून तलब दिने लगायत समस्या देखिएका बेला नोबेलले कर्मचारीहरुलाई दशैं मनाउँनका लागि ...

जुस खाँदै डाक्टर केसीले २८ ‍औं दिनमा अनशन तोडे

जुस खाँदै डाक्टर केसीले २८ ‍औं दिनमा अनशन तोडे
काठमाडौं : चिकित्सा क्षेत्र सुधारको माग राखेर अनसनरत डाक्टर गोविन्द केसीले अनशन तोडेका छन्। गएराति आफ्नो मागमा सरकारले सहमति जनाएपछि उनले २८ औँ दिनमा आज अनसन तोडेका हुन्। उनलाई केहीबेर अघि त्रिवि शिक्षण अस्पतातका कर्मचारी विकास नेपालीले जुस खुवाएर अनशन तोडाए। नेपालीले कोरोनालाई जितेका थिए। त्यसपछि केसीलाई अस्पतालको आइसीयुमा लगिएको छ। सरकारी वार्ता टोली र डाक्टर केसीबीच गएराति ८ बुँदे सहमतिमा हस्त...

वीपी प्रतिष्ठानमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु

वीपी प्रतिष्ठानमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु
धरान / धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन सङ्क्रमितको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान तथा धरान–८ की एक महिलाको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ। दुहवीका पुरुषलाई यही असोज १४ गते कोभिड अस्पताल भर्ना गरिएको थियो। उनलाई मिर्गौलाको समस्या भएको प्रतिष्...

नोबेलमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

नोबेलमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
विराटनगर । उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएका सुनसरीका दुई जना कोरोना संक्रमितको शनिबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक वृद्ध पुरुष छन् । सुनसरीको दुहवी–३ की ४० वर्षीया महिलाको राति ११ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार उपचारका लागि महिलालाई असोज २० गते अस्पताल भर्ना गरिएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा ...

सुन्दरहरैचा ४ का एक ब्यत्तिको मृत्यु भएपछि बलिया क्षेत्र सिल

सुन्दरहरैचा ४ का एक ब्यत्तिको मृत्यु भएपछि बलिया क्षेत्र सिल
सुन्दरहरैचा । सुन्दरहरैंचा नगरपालिका वडा नं ४ का कोरोना संक्रमित ४५ वर्षीय एक पुरुषको उपचारको क्रममा नोबेल अस्पतालमा मृत्यु भएपछि सो क्षेत्र सिल गरिएको छ । वडा कार्यलयले स्वाब संकलन गरी परीक्षण गराउँदा कोरोना पोजेटिभ अत्याधिक वृद्धि भएको हुँदा सो वडालाई संक्रमणको जोखिमबाट बचाउन मंगलबार बसेको सर्वदलीय बैठकले बुधबार राति १२ बजे देखि अर्को निर्णय नभए सम्म सो क्षेत्र सिल गर्ने निर्णय गरिएको वडाध्यक्ष...

विराटनगर महानगरपालिकाका जनस्वास्थ्य निरीक्षकलाई कोरोना

विराटनगर महानगरपालिकाका जनस्वास्थ्य निरीक्षकलाई कोरोना
विराटनगर महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक हैदर अलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अलीलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । अली कार्यालयको कामसँगै कोशी अस्पताल विराटनगरमा उपचार गराइरहेका बिरामीलाई खाना वितरण गर्ने अभियानमा सक्रिय थिए । स्वास्थ्यकर्मी मात्र सदस्य रहेको लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफसनलले कोशी अस्पतालमा खाना वितरण अभियान सञ्चालन गरिरहेको छ । अली सो क्लबको अध्यक्ष प...

विराटनगरमा घरमै बसेका कोरोना संक्रमितको मृत्यु

विराटनगरमा घरमै बसेका कोरोना संक्रमितको मृत्यु
विराटनगर। विराटनगरमा घरमै मृत्यु भएका पुरुषमा कोरोना संक्रमण देखिएको छ । विराटनगर महानगरपालिका–११ पिचराका एक वृद्धको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । ८८ वर्षीय बस्नेत थरका वृद्धको सोमबार राति ११ बजे आफ्नै घरमा मृत्यु भएको महानगर प्रहरीका निरीक्षक राजन पौडेलले बताए । उनका अनुसार मृत्यु भएको लगभग साढे १५ घण्टापछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि सोमबार स...

विराटनगरका थप एक संक्रमितको मृत्यु

विराटनगरका थप एक संक्रमितको मृत्यु
विराटनगरमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक पुरुष विराटनगर महानगरपालिका–९ का बासिन्दा हुन् । कोरोना संक्रमण देखिएपछि विराट मेडिकल कलेजमा उपचाररत संक्रमितलाई अवस्था गम्भीर भएपछि थप उपचारका लागि शनिबार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा रेफर गरेको थियो । उपचारका क्रममा आइतबार बिहान साढे ८ बजे म...

धरानमा झापाकी कोरोना संक्रमित महिलाले बच्चा जन्माइन्

धरानमा झापाकी कोरोना संक्रमित महिलाले बच्चा जन्माइन्
धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा झापाकी कोरोना संक्रमित महिलाले बच्चा जन्माएकी छिन् । भापाकी २९ बर्षीय गर्भवती महिलाको अप्रेशन गरी छोरी जन्माएकी छिन् । उनको बिहीबार ११ः२० बजे अप्रेशनमार्फत डेलिभरी गरिएको डा.मनोजकुमार शाहले जानकारी दिए । उनलाई बीपी प्रतिष्ठानमा १४ गते भर्ना गरिएको थियो । अहिले आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको प्रतिष्ठानले जनाएको छ । डा. मन...

मोरङमा दुर्घटना,दुई जनाको मृत्यु

मोरङमा दुर्घटना,दुई जनाको मृत्यु
बेलबारी । मोरङमा शुक्रबार दुर्घटना हुदा दुई जनाले ज्यान गुमाएका छन । मोरङको भिन्ना भिन्नै ठाउँमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । मोरङको मिक्लाजुङ ४ बस्ने ७४ बर्षिय डिकबहादुर राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । प्रदेश नम्बर एकको ८२५५ नम्बरको ट्याक्टरले ठक्कर दिदा राईको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा उनको मृत...
error: Content is protected !!