बेतिथि बिरुद्ध सदैव प्रतिपक्ष,बेतना दैनिकको सकसपुर्ण ९ बर्ष
मोरङकोे बेलबारीबाट प्रकाशन आरम्भ भएको बेतना दैनिक आजबाट ९ औँ बर्षमा प्रवेश गर्न सफल भएको छ । सत्य,तथ्य र निष्पक्ष सुचना प्रवाह सँगै हाम्रो यो यात्रा अबिचलित रुपमा अघि बढिरहेको छ । समाजमा ब्याप्त बिसंगति र बेतिथि बिरुद्ध सदैव प्रतिपक्षीको भुमिकामा निरन्तर खबरदारी र आवाजविहिनहरुको आवाज बन्ने ध्येयका साथ ९ बर्षअघि हामीले हाम्रो यात्रा थालनी गरेका थियौँ ।
यो यात्रामा आईपरेका हरेक जटिल मोडहरुमा अ...