केराबारी । मोरङको केराबारी गाउँपालिका वडा नंम्बर ९ मा रहेको देविझोडा सामुदायिक वन समुह मोरङको उत्कृष्ट सामुदायिक वन समुह घोषित भएको छ ।

डिभिजन वन कार्यालय मोरङले शनिवार एक समारोहको आयोजना गरि जिल्ला स्तरीय उत्कृष्ट सामुदायिक वन पुरस्कार २०८० बाट देविझोडा सामुदायिक वन समुहलाई पुरस्कृत गरेको हो । डिभिजन वन कार्यालयले १० हजार नगद सहित प्रशंसा पत्रले पुरस्कृत गरिएको छ । सामुदायिक वनको संरक्षण,सम्वद्र्धन,दिगो व्यवस्थापन, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षण एवं गरिविन्युृनीकरणमा योगदान पुर्याए वापत समुहलाई पुरस्कृत गरिएको हो ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि अजम्वर काम्बाङ र डिभिजन वन कार्यालय मोरङका अधिकृत विष्णुलाल घिमिरेले पुरस्कार प्रदान गरेका थिए । त्यसैगरी मिक्लाजुङमा रहेको धानखेती सामुदायिक वन उपभोक्ता समुह उत्कष्ट द्धितिय र सुन्दहरैंचा स्थित जनचेतना सामुदायिक वन उपभोक्ता समुहले उत्कष्ट तृतिय पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी बेलबारी १ स्थित नक्सल सामुदायिक वनलाई सान्तावना पुरस्कार प्रदान गरिएको छ । डिभिजन कार्यालय मोरङ वार्षिक रुपमा मोरङका सामुदायिक वनहरुलाई कार्य मुल्याङ्कनको आधारमा वार्षिक रुपमा पुरस्कृत गर्दै आएको छ । कार्यक्रमकै अवशरमा यसै आर्थिक वर्ष भित्र अवकास प्राप्त वन कर्मचारीहरुलाई विदाई समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया