इटहरी । इटहरीको द रिभर ओभरसिज म्यानपावरका सञ्चालक महेन्द्रराज खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीले खतिवडालाई ठगी गरेको आरोपमा पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, डीएसपी टेकबहादुर कार्कीले पक्राउ परेका खतिवडाविरुद्ध ३ वटा मुद्दा चल्नसक्ने जानकारी दिए ।

‘ठगी, चेक बाउन्स र अभद्र व्यवहार गरेकोबारे जाहेरी परेको छ,’ कार्कीले भने, ‘थप कुरा अनुसन्धानबाट पत्ता लाग्नेछ ।’उनका अनुसार खतिवडाले म्यानपावरको नाम लिएर सर्वसाधारणमाथि ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । केही पीडितहरूले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले खतिवडालाई बुधबार पक्राउ गरेको प्रहरीको भनाइ छ ।

खतिवडाविरुद्व तीन दर्जन बढी पीडितहरूले निवेदन दिएका छन् । निवेदनमा ७० लाख भन्दा बढी ठगी गरेको उल्लेख छ ।
वैदेशिक रोजगारीमा पठाउने बहानामा खतिवडासहित द रिभर ओभरिसज म्यानपावरका सञ्चालकहरूले ठगी गरेको पीडितहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया