बेलबारी । मोरङको बेलबारी ५ मोहनडाँगीस्थित केशलिया खोलामा पुल नहुँदा खोालमाथि लगाईएको सिँचाईको खानेपानीको पाईपको साहारामा जोखिमपुर्ण यात्रा गरिरहेका बिद्यार्थी र स्थानीय बासिन्दालाई केही राहत मिलेको छ ।
स्थानीय मिलन राईको पहलमा खोलामा स्थानीय बासिनदाको समेत सक्रियतामा अस्थायी पुल निर्माण गरिएको छ । खोलाको दुई साईडमा बालुवा भरेर बोरा राखिएको र खोलामाथि काठ तेस्र्याएर त्यसमाथि काठको तक्ती ठोकेर पुल निर्माण गरिएको छ । पुल निर्माण भएपछि दुवै वडाका बिद्यार्थी र स्थानीयलाई राहत मिलेको छ ।
पुल निर्माणका लागि भएको खर्च अहिले आफैले गरेको र वडा नम्बर ५,६ र बेलबारी नगरपालिकाले समन्वय गरेर दिने आश्वासन दिएको राईले जानकारी दिएका छन । केहीदिनअघि सो खोलामाथि सिँचाईको पाईप समाएर जोखिमपुर्ण यात्रा गर्दै गरेको तस्विर स्थानीयले बेतना दैनिलाई पठाएका थिए । सोही तस्विर सहितकोे समाचार प्रकाशन भएपछि खोलामा अस्थायी पुल निर्माण भएको छ । सो खोलामा झोलुंगे पुलको माग भएपनि यसबर्ष बजेट नपरेको बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले बताए ।

तपाईको प्रतिक्रिया