बेलबारी ।दर्जनौ म्युजिक भिडियो र केही चलचित्रहरुमा कुशल अभिनय गरिसकेका मोरङ्ग बेलबारीका नायक तथा मोडल बादल श्रेष्ठ यतिबेला आफनो करिअरको टर्निङ्ग पोईन्टको आशामा छन,उनले अभिनय गरेको एउटा म्युजिक भिडियो बजारमा आउने तयारीमा रहेको छ । उनले त्यहि म्युजिक भिडियोबाट आफनो करिअर थप उकालो लाग्ने आशामा रहेका छन ।
गायक दिपक लिम्बुको स्वर,सिन्धुु रानाको शब्द,देबेस राईको एरेन्ज,निकेश खडकाको निर्देशन,रेशमलाल चौधरीको क्म्पोज र संगितमा,हरि हुमागाँईले छायांकन गरेको ‘‘सागर बरु सुकेर गैजाला’’ नामक गीतको भिडियोमा बादल र गरिमा शर्माले अभिनय रहेका छन । नाम चलेका र चर्चित ब्यत्तिहरु सँगको यो सहकार्यले आफनो करिअर समेत उकालो लाग्ने बादलको अपेक्षा छ ।
दोलालघाट र पाँचखालमा छायांकन गरिएको भिडियोको प्रिमियरको तयारी भईरहेको छ । प्रिमियर नहुँदै सो गीतको भिडियोबाट बादल लगायत सिंगो टिम अत्यान्तै राम्रो हुनेमा आशावादी देखिएको छ ।