बेलबारी । मोरङ्गको बेलबारी नगरपालिकाको ३ वटा वडामा सञ्चालित बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व लिने होडमा राजनीतिक दलहरु यतिबेला कम्मर कसेर लागेका छन ।

स्थानीय निर्बाचनको झल्को दिनेगरी राजनीतिक दलहरु यतिबेला नेतृत्व हत्याउने दाउमा गठबन्धन गरेरै चुनावी मैदानमा होमिएका छन । यहि असोज २७ गतेका लागि निर्बाचनको मिति तोकिएको छ । मंगलबार उम्मेदवारी दर्ता गर्ने समय रहेको थियो भने बुधबार उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो । अध्यक्षका लागि नेपाली काङ्ग्रेसबाट बेलबारी ३ का किशोरकुमार कार्की, नेकपा एमाले,माओबादी र एकिकृत समाजवादीको गठबन्धनको नेतृत्व गर्दै बेलबारी २ बाट एमालेका दुर्गाप्रसाद गौतम र राप्रपाबाट बेलबारी २ निबासी राप्रपाका भोला गौतमले मंगलबार उम्मेद्वारी मनोनयन दर्ता गरेका छन ।

खानेपानी संस्थामा २ हजार ५ सय ८७ घर उपभोत्ता रहेका छन । बेलबारी ४ का २६ घरमा खानेपानी जडान भएपनि ति उपभोत्ताहरुलाई बेलबारी ३ मै गाभिएको छ । बेलबारीको ३ नम्बर वडामा सबैभन्दा बढी ११ सय ६८ उपभोत्ता रहेका छन । १ नम्बर वडामा ८ सय ८७ र वडा नम्बर २ मा ५ सय उपभोत्ताहरु रहेका छन । जसमध्ये असोज १२ गतेसम्म असार मसान्त सम्मको महशुल नतिर्ने ३ सय २५ उपभोत्ताले मतदानमा सहभागी हुन नपाउने भएका छन । यसरी हेर्दा चुनावमा लगभग २ हजार दुई सय मतदाताले मतदान गर्ने देखिन्छ ।
केन्द्रमा माओवादी र एकिकृत समाजवादी सँग गठबन्धन गर्दै आएको काँग्रेस बेलबारीको खानेपानी निर्बाचनमा भने एक्ले चुनावी मैदानमा रहेको छ भने अन्य दलहरु गठबन्धनका साथ चुनावमा होमिएका छन ।

कस्ता छन यसपटक अध्यक्षका उम्मेदवार ?
खानेपानीको नेतृत्वका लागि उम्मेदवारी दर्ता गराएका एमालेका गौतम रिटार्यड शिक्षक हुन । उनी बेलबारी ३ मा सञ्चालित लालीगुराँस साकोसका अध्यक्ष समेत हुन । बिभिन्न संघसंस्थामा नेतृत्वदायी भुमिकामा समेत उनले काम गरेका छन । गठबन्धनबाट उम्मेदवार बनेका गौतम बलिया उम्मेदवारका रुपमा हेरिएका छन ।
नेपाली काँग्रेसको बिभिन्न ओहदामा बसेर काम गरेका कार्की नेपाली काँग्रेस बेलबारी नगरको उपसभापति भईसकेका ब्यत्ति हुन । पार्टीमा ईमान्दार र कुशल क्षमता भएको ब्यत्तिका रुपमा परिचय बनाएका उनी ब्यबसायी समेत हुन । बेलबारी ३ मै हुर्किएका उनी सबैभन्दा बढी उपभोत्ता समेत बेलबारी ३ मै रहेका कारण अन्य उम्मेदवारालई टक्कर दिन सक्ने उम्मेदवारका रुपमा हेरिएका छन । राप्रपाका उम्मेदवार बनेका गौतम पुर्ब जनप्रतिनिधि समेत हुन । बेलबारी २ निबासी गौतम ब्यबसायी समेत हुन ।

यसअघि को- को भए खानेपानीको अध्यक्ष ?
बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको स्थापना कालमा हालका प्रदेश साँसद एमालेका ज्ञानेन्द्र सुवेदी अध्यक्ष  थिए । त्यसको २ बर्षपछि उनै सुवेदी र नेपाली काँग्रेसका महासमिति सदस्य महेन्द्र सुवेदी बिच अध्यक्षका लागि प्रतिष्पर्धा भयो,सोही निर्बाचनमा महेन्द्र सुवेदी निर्बाचित भए । त्यसपछि नेपाली काँग्रेसका तर्फबाट तत्कालिन महासमिति सदस्य रुकमिणी धिमाल र एमालेका तर्फबाट खेम गौतम बिच प्रतिष्पर्धा भयो सोही निर्बाचनमा धिमाल बिजयी भईन । उनको कार्यकाल अझै केही महिना बाँकी रहेको छ । यसैबिच निर्बाचन तोकिएको छ ।

तपाईको प्रतिक्रिया