बेलबारी । मोरङको बेलबारी नगरपालिकास्थित चिसाङ खोलाको ठेक्का परेको पहिलो पक्षलाई पन्छाएर दोस्रो पक्षलाई ठेक्का दिने तयारी गरेपछि पहिलो पक्षले कमिसनको प्रलोभनमा परेर चलखेल भएको आरोप लगाएको छ ।
बेलबारी नगरपालिकाले भ्याटबाहेक १ करोड ४५ लाखमा ठेक्का खुलाएको थियो । ३ वटा फर्महरुले सो ठेक्का भरेका थिए । जसमा सबैभन्दा बढी २ करोड २२ लाख कबोल गरेको सुन्दरहरैचाको मकालु कन्ट्रक्सनलाई ठेक्का परेको थियो । ठेक्का परेपछि पहिलोपटक १५ दिन,त्यसपछि ७ दिन र ३ को म्याद दिएर रकम जम्मा गर्न समय दिईएको थियो । पछिल्लो पटक दिईएको समयमा सार्बजनिक बिदाका कारण रकम जम्मा गनृ असमर्थ भएपछि सो फर्मले १ दिन समय मागेको थियो । तरपनि सो फर्मलाई थप समय नदिई ५६ लाख ६५ हजार कम रकममा ठेक्का लिन राजी भएको ईटहरीको शिवजी कन्ट्रक्सनलाई ठेक्का दिने तयारीमा नगरपालिका पुगेको छ । सोही फर्मलाई आशयपत्र दिने तयारीमा नगरपालिका रहेको छ ।
५६ लाख ६५ हजार बढी रकम कबोलेको पहिलो फर्मलाई नगरपालिकाले कालो सुचीमा राख्दै कम रकम कबोल्ने दोस्रो फर्मलाई ठेक्का दिने तयारी गरिएपछि पहिलो फर्मका सञ्चालकहरुले आफुमाथि अन्याय भएको र कमिसनको प्रलोभनका केही ब्यत्तिहरुले सेटिङ गरेर दोस्रो फर्मलाई ठेक्का दिएको आरोप लगाएका छन । लाखौ बढी रकम राजश्व नगरपालिकालाई प्राप्त हुने अबस्थामा समेत दोस्रो फर्मलाई ठेक्का जानु कमिसनकै प्रलोभन भएको उनीहरुको तर्क छ । सार्बजनिक बिदाका कारण रकम जम्मा गर्न नसकेको र एकदिन समय माग्दा समेत उपलब्ध नगराउनु भनेको कमिसनको खेल बाहेक केही नभएको उनीहरुको आरोप छ ।
यसैबिच जिल्ला प्रशासन कार्यलय मोरङले बेलबारी नगरपालिकालाई सोही बिषयमा परेको उजुरी उपर आबश्यक कारबाहीका लागि पत्र पठाउको छ । बेलबारी नगरपालिकाका पप्रमुख प्रशासकीय अधिकृत तारानाथ लुँइटेलले भने पहिलो फर्मले समयमा रकम जम्मा नगरेका कारण दोस्रो फर्मलाई आश्यपत्र दिने असोज १६ मा कार्यपालिकाको निर्णय भएको बताए । उनले नियमअनुसार दोस्रो फर्मलाई आशयपत्र दिने र पहिलो फर्मलाई जस्तै समय उपलब्ध हुने बताए ।