बेलबारी । मोरङ्गको बेलबारी नगरपालिकाको ३ वटा वडामा सञ्चालित बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व लिने होडमा यतिबेला चुनावी सरगर्मी बढेको छ ।

यहि असोज २७ गते हुने खानेपानीको निर्बाचनबाट नेतृत्व लिने होडमा एकातिर काँग्रेस रहेको छ भने अर्कोतर्फ कम्युनिष्ट दलका साझा उम्मेदवार चुनावी मैदानमा रहेका छन । उनीहरुको चुनावी प्रचारप्रसार आक्रामक मात्र छैन,स्थानीय निर्बाचनको झल्को नै मेटाउने गरिको छ ।
अध्यक्षका लागि नेपाली काङ्ग्रेसबाट बेलबारी ३ का किशोरकुमार कार्की र नेकपा एमाले,माओबादी र एकिकृत समाजवादीको गठबन्धनको नेतृत्व गर्दै बेलबारी २ बाट एमालेका दुर्गाप्रसाद गौतम चुनावी मैदानमा रहेका छन ।

खानेपानी संस्थामा २ हजार ५ सय ८७ घर उपभोत्ता रहेका छन । बेलबारी ४ का २६ घरमा खानेपानी जडान भएपनि ति उपभोत्ताहरुलाई बेलबारी ३ मै गाभिएको छ । बेलबारीको ३ नम्बर वडामा सबैभन्दा बढी ११ सय ६८ उपभोत्ता रहेका छन । १ नम्बर वडामा ८ सय ८७ र वडा नम्बर २ मा ५ सय उपभोत्ताहरु रहेका छन । जसमध्ये असोज १२ गतेसम्म असार मसान्त सम्मको महशुल नतिर्ने ३ सय २५ उपभोत्ताले मतदानमा सहभागी हुन नपाउने भएका छन । यसरी हेर्दा चुनावमा लगभग २ हजार दुई सय मतदाताले मतदान गर्ने देखिन्छ ।
केन्द्रमा माओवादी र एकिकृत समाजवादी सँग गठबन्धन गर्दै आएको काँग्रेस बेलबारीको खानेपानी निर्बाचनमा भने एक्ले चुनावी मैदानमा रहेको छ भने अन्य दलहरु गठबन्धनका साथ चुनावमा होमिएका छन ।

निर्बाचनमा कस्को पल्ला भारी ?
खानेपानीको नेतृत्वका लागि उम्मेदवारी दर्ता गराएका एमालेका गौतम रिटार्यड शिक्षक हुन । उनी बेलबारी ३ मा सञ्चालित लालीगुराँस साकोसका अध्यक्ष समेत हुन । बिभिन्न संघसंस्थामा नेतृत्वदायी भुमिकामा समेत उनले काम गरेका छन । गठबन्धनबाट उम्मेदवार बनेका गौतम बलिया उम्मेदवारका रुपमा हेरिएका छन ।

नेपाली काँग्रेसको बिभिन्न ओहदामा बसेर काम गरेका कार्की नेपाली काँग्रेस बेलबारी नगरको उपसभापति भईसकेका ब्यत्ति हुन । पार्टीमा ईमान्दार र कुशल क्षमता भएको ब्यत्तिका रुपमा परिचय बनाएका उनी ब्यबसायी समेत हुन । बेलबारी ३ मै हुर्किएका उनी सबैभन्दा बढी उपभोत्ता समेत बेलबारी ३ मै रहेका कारण अन्य उम्मेदवारालई टक्कर दिन सक्ने उम्मेदवारका रुपमा हेरिएका छन ।

समग्रमा हेर्दा बेलबारी २ मा गौतमलाई बढी भोट प्राप्त हुने देखिन्छ । उपभोत्ता कम भएका कारण सोही वडाको भोट निर्णायक हुने देखिँदैन । बेलबारी १ मा दुवै उम्मेदवारको खासै मतान्तर देखिँदैन । वडा नम्बर ३ को भोट निर्णायक देखिन्छ । वडा नम्बर ३ कै उम्मेदवार भएका कारण सोही वडामा कडा प्रतिष्पर्धा देखिन्छ । दुवैजना उम्मेदवार बेदागी देखिएका कारण पनि चुनावी भिडन्त रोचक छ । यो निर्बाचनले टुक्राटुक्रा भएको काँग्रेस समेत जोडिएको संकेत दिएको छ । जसरी पनि परिणाम हात पार्ने दाउमा काँग्रेस जुटेको छ भने कम्युनिष्टहरुको साझा गठबन्धनका उम्मेदवार गौतमलाई समेत चुनाव जित्नेमा आशंका छैन ।

यसपटक खानेपानीमा दुबै उम्मेदवार बलिया देखिन्छन । तसर्थ कम मतान्तरले मात्र हारजित हुने देखिन्छ । दुबै उम्मेदवारले उठाएका मुद्धा बलियो देखिन्छ । काँग्रेसको उम्मेदवार बिजयी भएको खण्डमा सिंगो कम्युनिष्ट दलको एकता बेकामे देखिने निश्चित छ । कम मतान्तरले मात्र एमाले उम्मेदवार बिजयी भएको खण्डमा एमालेलाई झन ठुलो चुनौति हुने छ । सिंगो कम्युनिष्ट दलको एकता हुँदा समेत भारी मत प्राप्त नभएको खण्डमा प्रश्नचिन्ह खडा हुने देखिन्छ । भारी मतले काँग्रेस उम्मेदवार पराजित भएको खण्डमा फुटेको काँग्रेस जोडिएको र एकता भएको नौटंकी मात्र साबित हुने छ । वडा नम्बर ३ को मत निर्णायक हुने भएकोले पनि अन्तिम निर्णय त्यहिँ बाट हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया