मेचीनगर । झापाको भद्रपुर धुलाबारी सडकखण्डमा आज एकाबिहानै मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेका दुईजना गम्भीर घाइते भएकाले उपचार भइरहेको छ झापा प्रहरीले जनाएको छ । आज बिहान अन्दाजी ०३ः३० बजेको समयमा मेचीनगर–१५ लालझोडास्थित भित्री सडकखण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा मेचीनगर-१० का २२ वर्षीय राजीव दनुवारको उपचारको क्रममा मृत्यु भएको हो ।त्यस्तै, मेचीनगर-१० का २१ वर्षीय अभिषेक राई र २१ वर्षीय विवेक दनुवारको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीका प्रहरी प्रवक्ता कृष्णप्रसाद चन्दले जानकारी दिए ।

तपाईको प्रतिक्रिया