इटहरीको द रिभर ओभरसिज म्यानपावरका सञ्चालक पक्राउ, विदेश पठाउने बहानामा ठगीको अरोप
इटहरी । इटहरीको द रिभर ओभरसिज म्यानपावरका सञ्चालक महेन्द्रराज खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीले खतिवडालाई ठगी गरेको आरोपमा पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, डीएसपी टेकबहादुर कार्कीले पक्राउ परेका खतिवडाविरुद्ध ३ वटा मुद्दा चल्नसक्ने जानकारी दिए ।
‘ठगी, चेक बाउन्स र अभद्र व्यवहार गरेकोबारे जाहेरी परेको छ,’ कार्कीले भने, ‘थप कुरा अनुसन्धानबाट...